लण्डनका एक व्यवसायीले गरे सल्यानका राउटे परिवारलाई सहयोग

SHARE:

लण्डन असोज २ ।

सल्यानको सल्लीबजार नजिक रहेका राउटे परिवारलाई लण्डनस्थित व्यवसायी रविजंग लामिछानेले सहयोग गरेका छन् ।

दयनीय जीवनशैली बिताइरहेका ४६ राउटे परिवारका १४१ जनालाई शुक्रबार एक कार्यक्रमबीच टेन्ट, म्याट्रेस, ब्ल्यांककेट, चप्पल, साबुन, आंटा लगायत विभिन्न सामग्री प्रदान गरिएको लामिछानेले जनाए ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले ति सामग्री हस्तान्तरण गर्दै अर्थ सामाजिक राउटे जातीको जीवनस्तर सुधार्न दीर्घकालिन योजनामा जोड दिए । उनले अहिलेसम्मका सरकारले राउटेको जीवनस्तर सुधारेर सामाजिकीकरण गर्ने सवालमा ठोस् योजना ल्याउन नसकेको पनि बताए ।

सहयोग वितरण कार्यक्रममा सल्यान र सुर्खेतका प्रमुख जिल्ला अधिकारी, स्थानीय मेयर, प्रदेश सांसद, प्रहरी प्रमुखहरु लगायत सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!