गोरखा स्मारक मुलुक कै गौरबःनिवर्तमान : मुख्यमन्त्री गुरुङ

SHARE:

हुम तमु पोखरा, २ असोज ।

प्रथम विश्वयुद्ध, द्धितिय विश्वयुद्ध लगायत क्षेत्रीय लडाईहरुमा मारिएका, बेपत्ता भएका ६० हजार भन्दा बढी गोर्खाजको स्मरण गर्ने निर्माणाधिन गोरखा स्मारक अर्थात गोर्खा स्मृति स्थल स्याङजा जिल्ला फेदिखोला गाँउपालिका वडा नं १ रामकोट साल्मेडाडामा शनिवार बृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गोरखा स्मारक ट्रष्टले फेदिखोला गााउपालिकाका निर्वाचित जनप्रतिनीधिहरु बिच गोर्खा स्मृति स्थल विकास तथा सम्बद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बीर गोर्खाहरुको गौरबगाथा झल्कने र युद्धहरुमा मारिएका, बेपत्ता भएका गोर्खाज पितृहरुको समाधिसहितको गोरखा स्मारक स्थलमा आयोजिक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङले सिंगो नेपाल र नेपालीको गौरबका योजनालाई सबैको साथ जरुरी रहेको बताए ।

सरकारले बनाउनुपर्ने गोर्खा स्मारक भुपु गोर्खाहरुले परिकल्पना गरी निर्माण अघि बढाएको योजनामा सरकारहरुले निरन्तर साथ दिनुपर्नेमा सरकार परिवर्तन हुदाँ संकिर्ण सोंच प्रस्तुत गर्दै विगतका योजनाहरुमा बजेट कटौती गर्नु गलत भएको उहाँको भनाई थियो। गोर्खा स्मारक यस क्षेत्र मात्रै नभई मुलुककै गौरबको आयोजना हो, सडक, खानेपानी लगायतका योजना सबै नागरिकका लागि भए पनि विकासका लागि आफुले अघि बढाएका योजनाहरुमा बजेट कटौती मात्रै होइन प्रदेश सरकारले शुन्यसम्म बनाएको भन्दै आपत्ति जनाए ।

प्रकृतिको सुन्दर साल्मेडाडामा गोर्खाहरुले मानवनिर्मित गुल्जार बनाउन खोजेको बताउँदै उनले अबको पन्ध्र वर्षमा उक्त क्षेत्र सबैको आकर्षणको केन्द्र बन्ने ठोकुवा गरेका छन्। सो क्षेत्रको सुरक्षाका लागि प्रहरी चौकीको व्यवस्था, गोरखा स्मारकमा प्रवेश शुल्का लागि गाउपालिकाका पहल गर्न सुझाव दिएका छन् । गोरखा स्मारक ट्रष्टको माग अनुसार जग्गा भोगाधिकार उपलब्ध गराउन गाँउपालिकाले प्रकृयागत ढंगले सिफारिस गर्न, ट्रष्ट कार्यसमितिमा स्थानिय वडाध्यक्षसहित गाँउपालिकाबाट गोर्खाहरुकै प्रतिनीधित्व गराई अपनत्व र विकासका सघाउनुपर्ने उनको भनाई थियो।

गोर्खाको पुण्य सोंचलाइ सार्थक बनाउन विगतमा विशेष योगदान पुर्याउन गेसोका पुर्व सभापति पदमबहादुर गुरुङ, पुर्व माननीय हितकाजी गुरुङ लगायतको योगदान सम्मान गर्नपुर्न सुझाव गुरुङले दिए । शुभकामना मन्तव्य व्यक्त गर्दै प्रदेशसभा सदस्य मिनप्रसाद गुरुङले गोरखा स्मारक नेपाल र नेपालीको गौरब, गोर्खाजको स्वाभिमानको योजनालाई सबैको साझा संकल्न जरुरी रहेको भन्दै उक्त योजनाको सफलताको शुभेच्छा प्रकट गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गोरखा स्मारक ट्रष्टका सचिव डा।चन्द्रबहादुर गुरुङले साल्मेडाडाको उक्त जग्गा भोगाधिकारका लागि सिफारिस गरिदिन फेदिखोला गाँउपालिकालाई आग्रह गरे। हालसम्म करिब १६ करोड ७१ लाख खर्च भएको स्मारक निर्माणका लागि सम्पर्क कार्यालय, गोरखा कदको मुर्ति, सहादत नामावलीको प्रकाशन, गोरखा बगैचा, गोरखा संग्रहालय, फेन्सिङ तरबार, समाधि उद्घाटन लगायतका लागि संघ, प्रदेश, स्थानीय सरकारसहित सहयोगदाताहरुसँग सहयोगको लागि उनले अनुरोध गरेका छन् ।

यस्तै शहरी विकास मन्त्रालय संघीय आयोजना कार्यान्वय इकाई पोखराका प्रमुख इञ्जिनियर झपटबहादुर थापाले शहरी विकास मन्त्रालय मार्फत गोरखा स्मारकमा गरिएका निर्माण कार्यका बारेमा जानकारी गराए । फेदिखोला गाँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले साल्मेडाडाको स्मारकका निम्ती जग्गा भोगाधिकारका निम्ती गाँउपालिकाले प्रकृयागत पहल गर्ने बताए । प्रदेशको गन्तव्य छनौटमा परेको साल्मेडाडाका लागि माग गरिएको बजेट प्रदेश सरकारले योजनामा समावेश नगरेको मात्रै नभएर उक्त क्षेत्रका विगतका निरन्तरताको योजनाका बजेट समेत कटौती गरिएको भन्दै आपत्ति समेत जनाएका छन् ।

कार्यक्रममा आँधीखोला दोहोरी साँझका कलाकारहरुले साँस्कृतिक प्रस्तुती गरेका थियो भने स्मारक ट्रष्टलाई कुर्ची सहयोगदातालाई सम्मान गरिएको थियो। गोरखा स्मारक ट्रष्टका अध्यक्ष जङगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य जसबहादुर गुरुङले गरेका थिए ।

गोरखा स्मारक, समाधिस्थल निर्माणका लागि गोरखा स्मारक ट्रष्ट, युकेस्थित गोरखा हेरिटेज मार्फत गोर्खाज लगायत सहयोगदाताहरुले सहयोग गरिदै आएको छ भने नेपाल सरकार, गण्डकी प्रदेश सरकार, फेदिखोला गाँउपालिकाले सहयोग गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!