संविधान दिवसका अवसरमा बेलायत मूल थलो भएका दुई जनालाई पदक

SHARE:

लण्डन असोज ३ ।

संविधान दिवसका अवसरमा बेलायत मूल थलो भएका दुई जनालाई पदक प्रदान गरिएको छ ।

यसरी पदवी पाउनेहरुमा बीबीसी मास्टरसेफ्स प्रोफेसनल्स २०२० का उपविजेता सेफ सन्तोष साह र चलचित्र निर्देशक मिलन चाम्लिङ मिलन चाम्स रहेका छन् ।

सिरहा पुर्ख्यौली घर भएका साह हाल लण्डनमा बसोबासरत छन् । उनलाई नेपाली खानालाई अन्तर्राष्ट्रिय रुपमा प्रबर्धन गरेकोमा सुप्रबल जनसेवा श्री प्रदान गरिएको छ। उता चलचित्र हँसिया, वीरवीक्रम,लिलीबिली, बबी, ब्लाइण्ड रक्स जस्ता चलचित्र निर्देशन गरिसकेका मिलन चाम्सलाई भने जनसेवा श्री प्रदान गरिएको छ ।

गत वर्ष पनि बेलायतबाट बेलायतका लागि तत्कालिन नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी, पर्वतारोही निर्मल पुर्जा र समाजसेवा रवि लामिछानेलाई पदवी दिइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!