फ्रान्सले गर्यो बेलायतसंग वार्तामा बस्न अस्विकार

SHARE:

एजेन्सी असोज ४ ।

फ्रान्सले बेलायतसंग वार्तामा बस्न अस्विकार गरेको छ ।

अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायत र फ्रान्सका रक्षामन्त्रीबीच तय भएको वार्तामा नबस्ने बताएको हो । बेलायती रक्षामन्त्री बेन वालेन्स र फ्रेञ्च रक्षामन्त्री फ्लोरेन्स पार्लेबीच यसैसाता लण्डन तय भएको वार्तामा नबस्ने घोषण फ्रान्सले गरेको हो ।

त्रिदेशीय सम्झौतापछि अष्ट्रेलियाले फ्रान्ससंग सन् २०१६ मा ३७ अर्ब डलरमा १२ वटा पनडुब्बी किन्ने सहमति तोडेपछि फ्रान्स क्रुद्ध बनेको हो। सुरक्षा सहमति अनुसार अब अष्ट्रेलियाले अमेरिकी पनडुब्बी खरिद गर्ने छ । उक्त सम्झौतालाई फ्रेञ्च विदेशमन्त्री जाँयब्स ल दरियनले पछाडिबाट गरिएको छुरा प्रहारको संज्ञा दिएका छन् ।

परिणामतः फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूतलाई समेत फिर्ता बोलाएको छ । उता, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने फ्रान्सको सट्टा अमेरिकासंग पनडुब्बी किन्ने निर्णयको बचाऊ गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!