जयराम तामाङ
लन्डन – बेलायतको सुइण्डन स्थित चेन्नी मानोरमा रहेको हिन्दु मन्दिरमा अज्ञात व्यक्तिहरुले तोडफोड गरेर विभिन्न किसिमका सामानहरुको साथमा मन्दिर भित्र रहेको नगद समेत चोरेको कुरा मन्दिर का सरक्षक प्रदीप भारद्वाज ले जनाएको छ। अहिले सम्म पाँच पटक तोडफोड गरेर चोरी भैसक्दा पनि स्थानिय सरकारले चासो नदेखाए पछि यहि सेप्टम्बर १९ तारिखको दिन हिन्दुमा आस्थावान हजारौ व्यक्तिहरु विभिन्न ब्यानरको साथमा शान्तिपूर्ण तरिकाले सडकमा उत्रिएका थिए।
बिशेष गरेर भारती मुलका धेरै हिन्दुहरुले पुजाआजा गर्ने भए पनि नेपालीहरुले पनि त्यहाँ गएर पूजाआजा गर्ने चलन छ। सुइण्डनको टाउन सेन्टर बाट शुरु भएको जुलुस काउन्सिलको भवन अगाडी गएर कोण सभामा परिणत भएको थियो। सभामा बोल्ने बक्ताले हिन्दु , मुस्लिम , बुद्धिस्ट , ख्रिस्टियन जुनसुकै धर्ममा आस्था राख्ने भए पनि कसैले पनि अरुको आस्था प्रति घात हुने काम गर्नु नहुने बताएको थियो।
नेपाली एसोसिएसन विल्सायर अध्यक्ष ज्ञान प्रसाद गुरुङको साथमा केहि नेपालीहरुले पनि उक्त जुलुसमा भाग लिएको थियो। उनीहरुलाई परेको बेलामा हामीले साथ् दियो भने हामीलाई परेको बेलामा पनि उनीहरुले साथ् दिनेछन भनि अध्यक्ष गुरुंगले भन्नु भएको थियो। हाम्रो मन्दिर मा बिजुलीको लाइनहरु काटेको छ, हाम्रो सामानहरु चोरी भएको छ, नगद चोरी भएको छ, हामीलाई सुरक्षा चाहिन्छ, सरकारले यसको क्षति पूर्ति दिलाउनु पर्छ भन्ने उद्धेश्यले यो जुलुस सरकारलाई झक्झक्याउनुलाइ गरेको हो भनि प्रदीप भारद्वाजले बताए।






