बेलायतको अल्डरसट स्थित शिवमन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटन घटस्थापनाका दिन गरिने

SHARE:

लण्डन असोज ७ ।

बेलायतको अल्डरसट स्थित शिवमन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटन घटस्थापनाका दिन गरिने भएको छ ।

आराध्यदेव पशुपतिनाथ भगवान काठमाडौंको प्रतिस्वरूप चतुर्मुखी शिवलिङ्गसहित अन्य मूर्ति र प्रतिमाहरूको प्राणप्रतिष्ठा तथा मन्दिर उद्घाटन आगामी अक्टोवर ७ देखि ९ सम्म हिन्दू नेपालीहरुको महान चाड बडा दशैंको घटस्थापनाका दिन गर्ने तयारी भएको हो ।

शिव मन्दिर अल्डरसटका कार्यबाहक अध्यक्ष तथा पूर्व डिएसपी बाचस्पती रेग्मीको अध्यक्षतामा बोर्ड अफ ट्रस्टिज र कार्यसमिति बैठकले कार्यक्रम तय गरेको हो । लामो समयदेखि मन्दिर उद्घाटन तयारी गरिएपनि विभिन्न कारणले उद्घाटन कार्यमा ढिलाई भएको थियो । युरोपकै पहिलो नेपाली कलात्मक प्यागोडा शैलीको शिवमन्दिर उद्घाटन र प्राणप्रतिष्ठा पूर्ण वैदिकप्रकृयाबाट गरिनेछ ।

लगातार तीन दिनसम्म बेलायतवासी पण्डित चिरञ्जीवि ढकाललगायत अन्य गुरुहरूको सहभागितामा सम्पन्न हुनेछ । मन्दिरमा राखिएको पशुपतिनाथको प्रतिस्वरूप मुख्य मूर्ति बेलायतका प्रसिद्ध व्यवसायी एवंम् समाजसेवी रविजंग लामिछानेले सहयोगस्वरूप उपलब्ध गराएका हुन् । दैनिक पूजा आराधनाका साथै भजन किर्तन एवम नैमती बाजा गाजा सहित धुमधामसँग गरिने उक्त कार्यक्रमका लागि संरक्षक एवम पूर्व अध्यक्ष रोहित कुमार गुरुङ, महासचिव विक्रम भट्टराई, ट्रस्टी शुष्मा गुरुङ, ट्रस्टी सुनीत जैन, कोषाध्यक्ष हरि भट्टराई, काउन्सिलर तथा ट्रस्टी जीव बेलबासे लगायतको संयोजक समिति तोकिएको महासचिव बिक्रम भट्टराईले बताए ।

कोविड(१९ का कारण हुने असहज परिस्थिति तथा सरकारी नियमको पालना साथै सनातन वैदिक परम्परा र मान्यतालाई मध्यनजर गर्दै छोटो र प्रभावकारी बनाइने आयोजकले बताएका छन् । शिवमन्दिर अल्डरसटका निमित्त स्थापनाकालदेखि मन, वचन र कर्मले सहयोग, सद्‌भाव र सहकार्य गर्नेसम्पूर्ण सदस्यहरूलाई उक्त तीन दिवसीय प्राणप्रतिष्ठा तथा समुद्घाटन कार्यक्रममा उपस्थित भएर आराध्यदेव श्रीमहादेवको आशीर्वाद लिन शिवमन्दिर अल्डरसट परिवारले आग्रह गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!