यूकेमा विदेशी लरी चालकहरूलाई प्रवेशाज्ञा प्राप्त गर्न मिल्ने योजना सार्वजनिक गरिँदै

SHARE:

लण्डन असोज ९ ।

यूकेमा विदेशी लरी चालकहरूलाई सहजै अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न मिल्ने योजनाको विस्तृत विवरण आइतवार सार्वजनिक गरिँदैछ।

आप्रवासन सम्बन्धी नियममा गरिने कुनै पनि परिवर्तन सीमित समयका लागि हुनेछ र प्रवेश अनुमति दिइने कामदारको सङ्ख्यात्मक सीमा तोकिनेछ ।
करिब ५ हजार प्रवेशाज्ञा जारी हुनसक्ने बुझिएको छ । लरी चालकहरूको अभावले यूकेमा इन्धनको आपूर्तिलाई प्रभावित पारेको छ जसका कारण पेट्रोल पम्पहरू बन्द भएका छन् र लामो लाइनहरू लाग्नुपर्ने अवस्था छ।

रोड होलेज एसोसिएसनले यूकेमा लगभग १ लाख ठूला सवारी साधनहरूका लागि चालकको अभाव रहेको अनुमान गरेको छ। महामारी र ब्रेक्जिटका कारण अवस्था थप जटिल भएको उसको भनाइ छ। सरकारी र उद्योगीहरूले ुरिफाइनरीुहरूमा इन्धनको अभाव नरहेको भन्दै मानिसहरूलाई आत्तिएर खरिद् नगर्न अनुरोध गरेका छन्।

सैनिक व्यक्तिहरूलाई छोटो अवधिका लागि चालकका रूपमा खटाउने कुनै योजना नरहेको भनिएको छ। तर ठूला सवारी साधन चलाउने चालकहरूको अभावले पेट्रोल, खानेकुरा र अरू सामग्रीको आपूर्तिलाई थप अप्ठेरो बनाउन सक्ने देखिएको छ । बीबीसीका अनुसार सरकारले दीर्घकालीन कदमहरू पनि घोषणा गर्दैछ जसमा अझ बढी चालकहरूलाई तालिम दिने र पुराना चालक परीक्षाहरू सञ्चालन गर्ने सहित छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!