नेपालमा ६० लाख बढिले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाए

SHARE:

काठमाडौं असोज ९ ।

नेपालमा ६० लाख बढिले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार सात सय २५ मात्रा खोप लगाएसँगै नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख १४ हजार नौ सय ४१ जना पुगेको हो । यस्तै अहिलेसम्म ६५ लाख २८ हजार तीन सय ९२ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यसैबीच नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार तीन सय ७१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार सात सयमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये तीन सय ६३ जनाको आईसीयू र एक सय नौ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५९ हजार आठ सय ७५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नौ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालका कोरोना सङ्क्रमण हुनेको सङ्ख्या आठ लाख ८१ हजार एक सय पाँच जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार पाँच सय ७९ जनाको नमूना परीक्षण गर्दा नौ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । जुन परीक्षण गरिएकामध्ये नौ प्रतिशत भन्दा केही बढी हो ।

थप ६ जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८७ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!