
जयराम तामाङ
लन्डन- विश्व नेपाली साहित्य समाज युके पश्चिम शाखा र दक्षिण युके शाखाको संयुक्त आयोजनामा युद्ध साहित्य गोष्ठी हुने भएको छ । गत १८ सेप्टेम्बर २०२१ का दिन भर्चुअल जुम मार्फत यि दुई संस्थाबीच बसेको बैठकले सो निर्णय गरेको हो। वेलायतमा रिमेम्वरेन्स डे अर्थात पप्पी डे पनि भनेर जानिने दिवसलाइ पारेर आयोजना हुन गैरहेको कार्यक्रमको प्रमुख संयोजक विजय हितानलाई तोकिएको छ । मुख्यत विगतका युद्धहरुमा सहादत प्राप्त गरेका सैनिकलाइ स्रदान्जली अर्पण गर्दै युद्ध सृजनाहरु वाचन गरेर यो कार्यक्रम गरिनेछ । यस कार्यक्रम शनिबार १३ र आइतवार १४ नोभेम्बरका दिन दिनको १ देखि ३ बजे सम्म भर्चुवल जूम मार्फत गरिने योजना छ ।
युद्ध साहित्यलाई प्रवर्धन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रममा बृटिश गोर्खा पल्टन, इन्डियन गोर्खा पल्टन, सिंगापुर पुलिस, गोर्खा रिजर्भ यूनिट ब्रुनाई, नेपाली सेना, नेपाली पुलिसलाइ पनि सहभागिताको लागि संम्पर्क गरिनेछ । सिर्जना बाचनका साथसाथै युद्ध साहित्य उपर परिचर्चा पनि गरिने हुदा यस बिषयका अध्यता/अभियन्तालाइ प्रमुख वक्ताको रुपमा निम्त्याउने पनि आयोजकले निर्णय गरेको छ । युद्ध साहित्यमा कलम चलाउने देश विदेशमा रहनु भएका स्रजक साथै निवृत तथा सेवारत सैनिक र तिनका परिवारलाइ कार्यक्रममा जोडिन हार्दिक अनुरोध गरिन्छ । यो कार्यक्रमको प्रथम दिन वेलायत र नेपालका स्रस्ठालाई र दोस्रो दिन भारत र अन्य मुलुकका स्रष्ठालाइ भाग लिन लगाएर संचालन गरिनेछ ।
स्मरण रहोस, प्रथम पल्ट गत बर्ष यस्तै बृहत युद्ध साहित्य गोष्ठीको आयोजना गरिएको थियो । त्यसको अपार सफलता पस्चात यो दोस्रो गोष्ठि पनि गर्न लागिएको हो । यस पल्ट १३ गोर्खा भिसिको सम्झनामा यो आयोजना गर्न गैरहिएकोले ति भिसिका आफन्तलाई विशेष अतिथिको रूपमा निम्नत्रणा गरिने छ ।






