तीन वटा विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय

SHARE:

काठमाडौं असोज ११ ।

मन्त्रिपरिषद् बैठकले विभिन्न तीन विधेयक व्यवस्थापिका संसदमा पेस गर्न स्वीकृती दिने निर्णय गरेको छ।

सोमबार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिको शपथ ग्रहण व्यवस्था गर्न बनेको विधेयक, तेजाव तथा अन्य घातक पदार्थको नियमनका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेस गर्न स्वीकृती दिने निर्णय बैठकले गरेको कार्कीले जानकारी दिए।

त्यस्तै रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। यस्तै बैठकले समाज कल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदीसहितका पदाधिकारीको राजीनामा स्वीकृत गने निर्णय गरेको कार्कीले जानकारी दिए। त्यस्तै सरकारले बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!