काठमाडौं असोज १३ ।

दुई औषधि उत्पादक कम्पनीका औषधि न्यून गुणस्तर पाइएपछि विक्री वितरणमा रोक लगाउन औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षण गर्दा क्यूमेड फर्मुलेसन प्राली र लोमस फर्मास्युटिकल्स प्रालीले उत्पादन गरेका औषधि न्यून गुणस्रको पाइएको जनाएको हो ।
क्यूमेडको लेभोसेफ ९५०० ९लोभोफ्लोक्सासिन ५०० एमजी ट्याबलेट्स० नामको औषधि र लोमसको जेफिक्स ९१०० ९सेफिक्सिम १०० एमजी डिस्प्रेसिवल ट्याब्लेट्स० नामका औषधि न्यून गुणस्तरको फेला पारेको हो । क्यूमेडको लेभोसेफ ९५०० औषधिको ब्याच नम्बर एलभिटी ११०१७ र लोमसको जेफिक्स १०० को ब्याच नम्बर जेडएक्स २२० मा समस्या देखिएको हो ।
विभागले यी दुई औषधिलाई बजारमा विक्री वितरणका लागि रोक लगाउन कम्पनीहरुलाई निर्देशन दिएको छ । यी दुबै औषधि एन्टिबायोटिक्स हुन् ।






