काठमाडौं असोज १३ ।

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवारी घोषणा गरेका डा. बद्री केसीले समावेशी समूहका आठ पदाधिकारीको नाम सार्वजनिक गरेका छन् ।
जसमा क्षेत्रीय, आदिवासी जनजाति, महिला, अल्पसंख्या तथा मुस्लिम र युवा छन् । उपाध्यक्षका उम्मेदवारहरुमा डा.हेम राज शर्मा यूके, महेशकुमार श्रेष्ठ जापान, डिबी क्षेत्री ओमान र धर्मराज अधिकारी अष्ट्रेलिया रहेका छन्। महिला उपाध्यक्षमा यासमिन बेगम सैयद साउदी अरब र युवा उपाध्यक्षमा रोशन थापा अफ्रिका बाट उम्मेदवारी दिने भएका छन्।
अमेरिकी क्षेत्रबाट महासचिवमा गौरीराज जोशीलाई अघि सार्ने तयारी डा.केसी समूहले गरेको छ। जोशी वर्तमान कार्यसमितिका सचिवसमेत हुन् । चार सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा यूके, चिरन्जीवी घिमिरे क्यानाडा, ओम गुरुङ जापान र महिलातर्फ राधिका टिका गुरुङ हङकङ रहेका छन्।
कोषाध्यक्ष पदमा लोक प्रसाद दाहाल बेल्जियमको नाम तय भएको छ भने सहकोषाध्यक्ष पदको उम्मेदवार भने टुंगो लगाउन बाँकी छ । तर महिला सहकोषाध्यक्षमा भने यमुना भट्टराई अमेरिकाको नाम चयन भएको छ । यस्तै, महिला संयोजकमा संगिता मरहठ्ठा यूके र युवा संयोजकमा मिलन छन्त्यालको आयरल्याण्डले उम्मेदवारी दिने भएका छन्।
आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं विश्व सम्मेलनले संघको नयाँ नेतृत्व चुन्नेछ। नयाँ नेतृत्वका लागि बेलायतका ब्याबसायी कुल आचार्य र अमेरिकाबाट रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्।






