प्रेस विज्ञप्ति: नेपाली राजदूतावास, लण्डन

SHARE:

नेपाली राजदूतावास, लण्डन, लगानी बोर्ड नेपाल, नेपालस्थित ब्रिटिश राजदूतावास र Developing Markets Associates (DMA) ले संयुक्त आयोजनामा सन् २९ सेप्टेम्बर २०२१ का दिन UK-Nepal Energy Transition and Countdown to COP26 विषयक लगानी सम्मेलन सम्पन्न गरेको छ। सो सम्मेलनले निर्णय गरेका बिषयहरुको बारेमा नेपाली रादुतावास लण्डनले एक प्रेस बिज्ञप्ति प्रकाशित गरेको छ। जस्ताको तस्तै।

प्रेस विज्ञप्ति

नेपाली राजदूतावास, लण्डन, लगानी बोर्ड नेपाल, नेपालस्थित ब्रिटिश राजदूतावास र Developing Markets Associates (DMA) ले संयुक्त आयोजनामा आज मिति २०७८।०६।१३ (२९ सेप्टेम्बर २०२१) का दिन UK-Nepal Energy Transition and Countdown to COP26 विषयक लगानी सम्मेलन सम्पन्न भएको । संयुक्त अधिराज्यको ग्लास्गोमा आगामी नोभेम्बर २०२१ मा सम्पन्न हुने संयुक्त राष्ट्र संघिय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (COP26) को सन्दर्भमा Paris Climate Agreement अन्तर्गत जलवायु परिवर्तनका सन्दर्भमा नेपालको प्रतिवद्धताको पुनर्पुष्टि एवं energy transition को लागि उपयुक्त परीयोजनाहरुको सम्बन्धमा छलफल गरी विशेषत हरित एवं नवीकरणीय उर्जा क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहित गर्ने उद्देश्यले भर्चुअल तथा भौतिक माध्यमबाट उक्त कार्यक्रम संचालन गरिएको थियो ।

जलविद्युत, एवं अन्य नवीकरणीय हरित उर्जासँग सम्वद्ध नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्ता तथा उक्त क्षेत्रमा लगानी गरिरहेका नेपाली लगानीकर्ता एवं व्यवसायीहरुको संलग्नता रहेको उक्त सम्मेलनमा नेपालका अर्थ मन्त्री माननीय जनार्दन शर्मा प्रभाकरले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न एवं कार्वनरहित विकास गर्ने लक्ष्यअनुरुप हरित एवं नविकरणीय उर्जा क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताउँदै लगानीकर्ताका लागि ठूलो अवसर हुने भएकोले जलविद्युत एवं अन्य नविकरणीय उर्जा क्षेत्रमा लगानी गर्न अनुरोध गर्नुभयो । लगानी वोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत श्री शुशिल भट्ट, बेलायतको माथिल्लो सदन House of Lords का सांसद तथा यूके-नेपाल व्यापार तथा लगानी मञ्चका अध्यक्ष Lord Sheikh, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, यस राजदूतावासकी नियोग उपप्रमुख श्रीमती रोशन खनालको मन्तव्यका साथ शुरु भएको सम्मेलनमा नेपालको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव श्री मधुप्रसाद भेटवाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. राधा वाग्ले, नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत श्री कुलमान घिसिङ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री शेखर गोल्छालगायत नेपाली व्यवसायीहरुका तर्फबाट नेपालमा जलविद्युत, सौर्य उर्जा लगायत हरित एवं नविकरणीय उर्जाको क्षेत्रमा लगानीका सम्बन्धमा नेपाल सरकारको नीति, संभावनाहरु तथा चुनौतीहरुको विवेचना गर्दै नेपालमा लगानीका लागि यथेष्ट संभावना रहेको देश रहेको जानकारी गराउनु भएको थियो ।

त्यसैगरी Mr. Ken O’Flaherty, COP26 Regional Ambassador for Asia Pacific and South Asia, IFC का क्षेत्रीय निर्देशक श्री Hector Gomez Ang तथा बेलायती लगानीकर्ताका तर्फबाट Dolma Impact Fund का कार्यकारी अधिकृत Mr. Tim Gocher लगायत जलविद्युत विज्ञहरुले समेत आफ्नो मन्तब्य राख्दै नेपालमा हरित एवं नविकरणीय उर्जाको क्षेत्रमा लगानीका लागि अथाह संभावना रहेको धारणा व्यक्त गर्नुभयो । वक्ताहरुले हरित एवं नविकरणीय उर्जाको विकासमार्फत नेपालले सन् २०५० भित्र Zero Net Carbon उत्सर्जन गर्ने लक्ष्यतर्फ अगाडी बढेको र जलवायु परिवर्तन सम्बन्धमा Paris Agreement को प्रतिबद्धता पुरा गर्नसकिने देखिएको राय ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल तथा बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुबीच भर्चुअल माध्यमबाट परिचय तथा व्यवसाय सम्बन्धमा विभिन्न बैठकहरु पनि भएका थिए ।

नेपाली राजदूतावास, लण्डन
२९ सेप्टेम्बर २०२१

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!