५ महिनाको अवधिमा देशभर विपद्‍का घटनामा परी २ सय ४३ जनाको मृत्यु

SHARE:

काठमाडौं असोज १४ ।

देशभर ५ महिनाको अवधिमा विभिन्न प्राकृतिक विपद्‍का १ हजार ८ सय ७५ घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०७८ वैशाख १ गतेदेखि असोज १४ गतेसम्म २ सय ६५ पहिरो गएका छन् । १ सय २२ घटना बाढीले घटाएको छ । अविरल वर्षा ३ सय १९ पटक परेको छ । त्यस्तै, १ सय ७१ घटना चट्याङ परेर भएको छ । २० भन्दा बढी सर्पले टोकेका घटना भएका छन् ।

त्यस्तै ७ सय ४० आगलागीका घटना भएका छन् । डढेलो ६२, हावाहुरी ३४ र जनावरबाट १ सय ४२ घटना भएको प्राधिकरणले उल्लेख गरेको छ । ५ महिनामा भएका विभिन्न घटनामा २ सय ४३ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ। ५ सय १९ जना घाइते भएका छन्।

प्राधिकरणको सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीले ४० जनाको मृत्यु भएको छ भने ३२ जना अझै बेपत्ता छन्। १३ जना घाइते भएका छन् । पहिरोबाट पुरिएर ८० जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता भएका छन् भने ९१ जना घाइते भएका छन् । अविरल वर्षाले १६ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

चट्याङबाट ४८ जनाको मृत्यु भएको छ भने १ सय ५४ जना घाइते भएका छन् । सर्पको टोकेर १७ जनाको मृत्यु भएका छ भने ४ जना घाइते भएका छन् । त्यस्तै, आगलागीले १६ जनाको मृत्यु भएको छ भने १ सय ३० जना घाइते भएका छन् । डढेलोबाट ३ जनाको मृत्यु भएको छ र १ जना घाइते भएका छन् ।

हावाहुरीबाट १ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता छन् । १ जना घाइते भएका छन् । जनावरको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएको प्राधिकरणले जनाएको छ । यी सबै घटनाबाट २ हजार ४ सय १८ घरपरिवार प्रभावित भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!