बेलायतमा इन्धन संकट हटाउन सेना परिचालन

SHARE:

लण्डन असोज १६ ।

बेलायतमा देखिएको इन्धन आपूर्तिको समाधानका लागि सेनालाई परिचालन गरिएको छ ।

पेट्रोलियम पदार्थको मौज्दात प्रशस्त भए पनि स्थानीय पेट्रोल स्टेशनसम्म ढुवानी गर्न पेट्रोलियम ट्याङ्कर चालकहरु पर्याप्त नभएपछि बेलायतमा गतसाताबाट इन्धनको समस्या देखिएको छ । सो समस्यालाई अल्पकालिन समाधानका लागि सरकारले सैनिकहरुलाई इन्धन ढुवानीका लागि तालिम दिई सोमबारबाट आपूर्तिका लागि खटाउने भएको छ ।

सोमबार करिब १०० सैनिक चालकहरुले इन्धन आपूर्ति गर्ने बीबीसीले जनाएको छ । सरकारले करिब २०० सैनिकहरुलाई इन्धन ढुवानीका लागि तालिम दिइसकेको छ । ‘अपरेसन इस्कालिन’ नाम दिइएको यस योजनामा उनीहरुलाई इन्धन ओसारपसार, भण्डारण, आदिको तालिम दिइएको छ । सरकारले चालकको अभाव पूर्ति गर्न विदेशबाट कामदार ल्याउनका लागि भिसा खुकुलो बनाउने निर्णय लिएको छ ।

जसअनुसार करिब ३०० चालकहरुलाई तुरुन्त ल्याउने र मार्च २०२२ सम्म भिसा दिइने छ । थप ४ हजार ७०० चालकलाई फेब्रुअरी २०२२ सम्मको भिसा दिइनेछ । उता, ब्रिटिश पेट्रोलियम बिपीले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सुधार हुँदै गएको र आउने दुई साताभित्र सामान्य हुने अपेक्षा गरेको छ ।

पेट्रोलियम रिटेलर्स एसोसिएनले बेलायतका अधिका‌ंश भागमा पेट्रोलियम पदार्थको आपूर्ति सुधार हुँदै गएको र लण्डन तर दक्षिण पूर्वी क्षेत्रमा मात्र सुधार हुन बाँकी रहेको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!