गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको प्रवर्द्धन् र संरक्षण गर्न बुद्ध फाउन्डेसन यूकेको माग

SHARE:

लण्डन असोज १६ ।

बुद्ध फाउन्डेसन यूकेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको प्रवर्द्धन् र संरक्षण गन माग गरेको छ ।

शुक्रबार लन्डनस्थित नेपाली दूतावासमार्फत् नेपाल सरकारलाई एक ज्ञापनपत्र बुझाउंदै फाउन्डेसनले बुद्धको जन्मस्थलका बारेमा अन्तराष्ट्रिय स्तरमा प्रवर्द्धन् गर्नतर्फ सरकारको ध्यानाकर्षण गराएको हो । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा शुक्रबार लन्डन दूतावास पुगेका फाउन्डेसनका प्रतिनिधिहरुले राजदूत लोकदर्शन रेग्मीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री शेरबहादुरलाई सम्बोधन गरी पठाइएको ज्ञापनपत्रमा सिंगो संसारलाई शान्तिको सन्देश दिने गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीलाई प्रवर्द्धन गर्न नेपाल सरकारमार्फत् आवश्यक पहलकदमी अगाडि बढाउन आग्रह गरिएको छ । फाउन्डेसनले नेपालको पासपोर्टमा गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीका तस्विरहरु समावेश गर्न तथा तीनै तस्विरअंकित नोटहरु एवम् हुलाक टिकटहरु निश्कासन गर्न पनि नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।

साथै, लुम्बिनी क्षेत्रको आवश्यक संरक्षण एवम् प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट समेत साथ, समर्थन जुटाउनेतर्फ पनि सरकारी स्तरबाट आवश्यक पहल अगाडि बढाउनुहुन पनि फाउन्डेसनले अनुरोध गरेको छ । फाउन्डेसनले नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको पवित्र तिर्थस्थल एवम् विश्वभरका पर्यटकहरुमाझ आकर्षक पर्यटकीय गन्तव्यका रुपमा लोकप्रिय लुम्बिनीको प्रचारप्रसार गर्ने मूल उद्धेश्यसहित बेलायतवासी नेपालीहरुले सन् २०१७ मै बुद्ध फाउन्डेसन यूके स्थापना गरी संगठित रुपमै अभियानहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

दिनहुँ रुपमा संसारभरका हजारौं विदेशी पर्यटक समेतको ओहोरदोहोर हुने लन्डनको मुटुस्थित ट्राफल्गर स्क्वायरमा हरेक वर्ष बुद्ध जयन्ती कार्यक्रम गरी बुद्धका शान्ति सन्देश, लुम्बिनी र नेपालको समग्र पर्यटनको प्रवर्द्धनको कोशिश गरिंदै आएको फाउन्डेसनको भनाइ छ ।

ज्ञापनपत्र बुझाउन फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठसंगै उपाध्यक्ष सचिन श्रेष्ठ, जीवन सेन, अञ्जना थापा, उर्मिला श्रेष्ठलगायत दूतावास पुगेका थिए । त्यसअवसरमा दूतावासकी उपनियोग प्रमुख रोशन खनालको पनि उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!