
डा. लेखनाथ काफ्ले
ताइवान – विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले समस्त साहित्यानुरागीहरु माझ नियमित भर्चुअल प्रस्तुति ”देश देशावरको सिर्जना र दृष्टिकोण” सहितको कार्यक्रम ‘बिम्ब र विमर्श’ को नवौँ शृङ्खला लिएर यही ९ अक्टोबर, शनिवार नेपाली समय साँझ ६:३० बजे गर्ने भएको छ I
यस पटकको शृङ्खलामा बेईजिङ, चीन स्थित लेखक, बरिष्ठ संचारकर्मी तथा अन्तर्राष्ट्रिय चाइना रेडियोका बिदेशीविज्ञ श्री चेतनाथ आचार्यज्यूसँग विशेष संवाद हुनेछ। संस्थाका अध्यक्ष एसके प्रदेशिले अध्यक्षता गर्ने कार्यक्रममा बरिष्ठ अध्यक्ष डा. लेखनाथ काफ्लेले गर्ने छन भने प्रबिधि तर्फ महासचिब सुनिता राई कन्दंवाले साथ् दिने भएको छ। बिश्व नेपाली साहित्य संघ केन्द्रिय समितिले उक्त साहित्यिक कार्यक्रममा उपस्थिति तथा सहभागिताको लागि समस्त साहित्यानुरागीहरु हार्दिक आग्रह गरेको छ I
मिति: ९ अक्टोबर २०२१ शनिवार (09th October 2021)
समय: नेपाली समय साँझ ६:३० बजे (Nepal time: 6:30 PM)
स्थान: जुम भर्चुअल (ID: 874 7966 3747)






