गोर्खा सोलिसिटर्स’ फर्मको औपचारिक उद्घाटन

SHARE:

लण्डन असोज २० ।

लण्डनमा गोर्खा सोलिसिटर्स’ फर्मको औपचारिक उद्घाटन गरिएको छ ।

सोलिसिटर उत्तरमान तिगेलाले सञ्चालनमा ल्याएको हन्स्लोस्थित फर्मको एक समारोहबीच स्थानीय हन्सलो बरोका मेयर विष्णु गुरुङले उद्घाटन गरेका हुन् । पूर्व गोर्खाहरुको बाक्लो बसोबास रहेको बेलायतमा गोर्खाकै सन्तानबाट सञ्चालनमा आएको यो पहिलो सोलिसिटर फर्म हो ।

फर्म उद्घाटनपछि शुभकामना दिंदै मेयर गुरुङले गोर्खा सोलिसिटर्स फर्मले नेपाली तथा गैर नेपालीहरुलाई गुणस्तरीय कानूनी सेवा प्रदान गर्न सफल हुने विश्वास व्यक्त गरे । गोर्खाहरुको मुद्घामा लामो अनुभव संगालेका चर्चित ब्यारिष्टर राफेल जेसुरुम, ब्यारिष्टर देबेन्द्र श्रेष्ठ, सोलिसिटरहरु दिपक भट्टराई, विपिन रेग्मी रेग्मी र अमर गुरुङले पनि शुभकामना मन्तव्य राखेका थिए ।

गोर्खा सोलिसिटर्स लिमीटेडका डाइरेक्टर तथा प्रिन्सिपल त्यस अवसरमा सोलिसिटर उत्तरमान तिगेलाले उपस्थित कानून व्यवसायी एवम् समुदायका प्रतिनिधिहरुलाई स्वागत गरेका थिए । उनले गोर्खा सोलिसिटर्स फर्मले प्रदान गर्ने सेवाहरुका बारेमा संक्षिप्त जानकारी गराउंदै आफ्नो फर्ममा आबद्ध टिम मेम्बरहरुको परिचय गराएका थिए ।

गोर्खा सोलिसिटर्सको औपचारिक उद्घाटन अहिले भएता पनि फर्मले गत मे महिनादेखि नै आफ्नो कार्यालय स्थापना गरी कानूनी सेवा दिंदै आएको थियो ।
लण्डनको हिथ्रो एयरपोर्टनजिक हन्स्लो शहरमा खोलिएको सोलिसिटर्स फर्मले गोर्खा तथा नेपालीहरुका साथै स्थानीय समुदायलाई पनि सेवा उपलब्ध गराउने जनाइएको छ । फर्मका प्रिन्सिपल सोलिसिटर तिगेला विगत दुई दशकदेखि विभिन्न फर्महरुमार्फत् कानूनी सेवामै सक्रिय रहंदै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!