यस वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नौ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

SHARE:

काठमाडौं असोज २१ ।

 

 

यस वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नौ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकको दक्षिण एसियाली आर्थिक प्रतिवेदनले सन् २०२१ जुलाईदेखि २०२२ जुलाईसम्मको अवधिमा नेपालले तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने प्रक्षेपण गरेको हो । यसअघि नेपालको आर्थिक वृद्धि दर अघिल्लो वर्षको भन्दा सुधार नहुने जनाएको विश्व बैंकले नेपालमा कोरोनाविरुद्धको खोपको उपलब्धता, रेमिट्यान्स र पर्यटन क्षेत्रमा देखिएको सुधारको सङ्केतले आर्थिक वृद्धि दर पनि बढ्न सक्ने अनुमान गरेको हो ।

गएको वर्ष नेपालले जम्मा एक दशमलव आठ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको विश्व बैंकको भनाइ छ । चालु आर्थिक वर्ष नेपाल सरकारले भने सात प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य राखेको छ । दक्षिण एसियाली देशहरूमा यो वर्ष औसतमा सात दशमलव एक प्रतिशत आर्थिक वृद्धि रहने विश्व बैंकको अनुमान छ ।

सबैभन्दा धेरै माल्दिभ्सको ११ प्रतिशत, भारतको साढे सात र बङ्गलादेशको ६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि रहने विश्व बैंकको अनुमान छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!