लण्डन असोज २३ ।

बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल सुरु भएको छ ।
अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन् । बेलायत र साउदी अरब, संयुक्त अरव इमिरेट्स, कतार, बहराइन, कुवेत र ओमनका बीचमा सम्झौता गर्नेगरी छलफल भएको हो ।
बहराइनका मन्त्री जायनीले संयुक्तरूपमा काम गर्नेगरी नयाँ अध्यायको सुरुवात गर्न लागेको र यसले व्यापारीक साझेदारी, लगानी र सहकार्यको वातावरण बन्ने विश्वास बताए । यस्तो व्यापार सम्झौता बेलायत र गल्फ कोअपरेसन काउन्सीलका सदस्य राष्ट्रहरु सवैका लागि राम्रो अवसर भएको पनि उनले बताए ।
युरोपेली संघबाट बेलायत बाहिरिएपछिको परिस्थितिलाई मध्यनजर गर्दै खाडी मुलुकहरु र बेलायतका बीचमा व्यापार सम्झौता गर्ने तयारी भएको हो ।






