बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको मृत्यु

SHARE:

रुपन्देही असोज २४ ।

रुपन्देहीको बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको मृत्यु भएको छ ।

मोतीपुर औद्योगिक क्षेत्रमा आज आइतवार प्रहरीसँगको झडपमा परेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको हो । उपचारका लागि पाँच जना प्रहरीसहित १३ जनालाई ल्याएकोमा तीन जनाको अस्पताल आइपुग्दा नै मृत्यु भइसकेको र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रशासन प्रमुख सुशील गुरुङले जानकारी दिए ।

ज्यान गुमाउनेमा सबै सर्वसाधारण रहेका छन् । ज्यान गुमाउनेमध्ये एक जना कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १० का ४८ वर्षका रमेश परियार रहेका छन् । अरूको भने पहिचान खुलेको छैन । पाँच जना प्रहरी र चार जना सर्वसाधारण गरी नौ जनाको उपचार भइरहेको गुरुङले बताए ।

अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीयवासी प्रहरीमाथि जाइ लागेका थिए । त्यही बेला झडप हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीले मृत्तकको नाम र ठेगाना खुलाएको छैन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले चार किल्ला तोकेर आज दिउँसो चार बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!