तमुधिं यूके आमा समूहद्वारा अनाथाश्रममा आर्थिक सहयोग

SHARE:

लण्डन असोज २७ ।

तमुधिं यूके आमा समूहले अनाथाश्रममा रहेका बालबालिका र वृद्धवृद्धालाई दशैं मनाउन आवश्यक खर्चका लागि आर्थिक सहयोग गरेको छ ।

काठमाडौंस्थित पवित्र समाजसेवा नेपालमा आश्रित बालबालिका र वृद्धवृद्धाको दशैंका लागि एक लाख ३५ हजार रुपैयाँ सहयोग गरिएको हो । तमुधिँ यूकेद्वारा गत अगस्टमा आयोजित १२औं नेपाली मेलाको अवसरमा आमा समूह अध्यक्ष सीता गुरुङको नेतृत्व एवं महासचिव यशोदा गुरुङको संयोजकत्वमा ‘सेकेण्ड ह्याण्ड’ सारी बिक्री गरी यो रकम जम्मा पारिएको थियो ।

नेपाली मेलामा सारी बिक्रीबापत संकलन भएको एक लाख २० हजार ६०१ रुपैयाँमा सपन इन्टरटेनमेन्ट लिमिटेडका डाइरेक्टर सपन कुमार राई र श्रीमती मञ्जु गुरुङ राईबाट १० हजार रुपैयाँ र तमुधिं यूकेका आजीवन सदस्य एवं सोपान डेभलपर लिमिटेडका चिफ बोर्ड डाइरेक्टर तथा स्वस्तिक ग्रुप लिमिडेटका डाइरेक्टर लक्ष्मी गुरुङबाट ५ हजार ४ रुपैयाँ थप गरी जम्मा एक लाख ३५ हजार ६०५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

तमुधिं यूकेका आजीवन सदस्य एवं सोपान डेभलपर लिमिटेडका चिफ बोर्ड डाइरेक्टर तथा स्वस्तिक ग्रुप लिमिडेटका डाइरेक्टर लक्ष्मी गुरुङले पवित्र सेवाकी सञ्चालक दीक्षा चापागाईँलाई सहयोग रकम हस्तान्तरण गरे । काठमाडौंको टोखास्थित आश्रममा पुगेर रकम हस्तान्तरण गरिएको थियो । आश्रममा बालबालिका, वृद्धवृद्धाका साथै अशक्त व्यक्तिहरु ६२ जना रहेको सञ्चालक चापागाईँले बताए ।

त्यसअवसरमा लक्ष्मी गुरुङले तमुधि यूके आमा समूहबाट आश्रममा आश्रित सबै परिवारलाई दशैंको आशिर्वादसहित मिठो खाना र न्यानो आवश्यक लुगाहरु किन्नका लागि रकम पठाएको जानकारी दिइन् । पवित्र सेवाका सञ्चालक चापागाईँले सहयोगी तमुधिं यूके आमा समूह लगायत सबै सहयोगदातालाई विशेष धन्यवाद दिएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!