बेलायतको राजनीतिक तहमै सम्बन्ध विस्तार गर्दै एनआरएन यूके

SHARE:

लण्डन । गैरआवासीय नेपाली संघ, एनसीसी यूकेले बेलायतको राजनीतिक तहसँगै सम्बन्ध विस्तार गर्ने भएको छ । बेलायतमा रहेका नेपालीहरुको समस्या समाधान तथा स्थानीय जना निर्वाचित निकायहरुमा नेपाली समुदायको प्रतिनिधित्व र सहभागिता वृद्धिका लागि राजनीतिक तहमा नै सम्बन्ध विस्तार गर्ने योजना बनाएको अध्यक्ष प्रेम गाहा मगरले बताए। एनसीसी यूके कार्यसमितिको मंगलबार बसेको बैठकले बेलायत सरकारका मन्त्री, विभिन्न दलबाट निर्वाचित सांसदहरु, विभिन्न दलका नेता, मेयर, काउन्सिलर  तथा विभिन्न निकायका पदाधिकारीहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो ।

अध्यक्ष गाहा मगरका अनुसार आगामी १९ डिसेम्बरमा यस्तो छलफलको आयोजना हुने छ । रशमुर बरो काउन्सिलसँगको समन्वयमा हुने रात्रिभोजसहितको छलफलमा बेलायत सरकारका रक्षा मन्त्री, विभिन्न दलबाट निर्वाचित सांसदहरु, काउन्सिलरहरु, मेयर तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहने छ । उक्त कार्यक्रमको समन्वयका लागि सचिव विष्णु चालिसेलाई जिम्मेवारी दिइएको छ । यस प्रकारको कार्यक्रमले नेपाली समुदाय र ब्रिटिश  नेतृत्वका बीचमा सम्बन्ध विस्तारसँगै समस्या समाधानमा पनि सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ अध्यक्ष गाहा मगरले भने ।

राजदूत रेग्मीको बिदाइ सोमबार

यसै बीच एनसीसी यूकेले बेलायतबाट फर्किन लागेका निवर्तमान राजदूत लोकदर्शन रेग्मीको बिदाइमा औपचारिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।नेपाल सरकारले दुई साता अघि रेग्मीलाई फिर्ता बोलाउने  निर्णय गरेको थियो । रेग्मी आगामी साता नेपाल फर्किने छन् । उनी फर्किनुअघि आगामी सोमबार एनआरएनए यूकेले विदाइ समारोहको आयोजना गर्न लागेको हो । बिदाइ समारोह संयोजनका लागि एनसीसी यूकेले उपाध्यक्ष मोहन कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

कार्यदलमा सदस्य बालकृष्ण दाहाल, विशाल राई र नम्रता घलेलाई सजावटको जिम्मेवारी दिइएको छ भने सुरेश परियारलाई फोटोग्राफी, सचिव विष्णु चालिसे र सदस्य भानुभक्त घिमिरेलाई खाना, महासचिव खुसी लिम्बु, प्रवक्ता भरतमणि चेम्जोंग र सदस्य श्याम लुइटेललाई मिडिया, मायाको चिनो व्यवस्थापन गर्न पदम शाही र उपहार व्यवस्थापन गर्न उपाध्यक्ष शकुन्तला गुरुंगलाई जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र सहभागितामूलक बनाउन जिम्मेवारी बाँडफाँड गरिएको अध्यक्ष गाहा मगरले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!