पुन मगर समाज युकेको बैठक सम्पन्न

SHARE:

तुलचन्द्र तिलिजा पुन मगर

झन्डै २ बर्ष पछी पुन मगर समाज युकेको पहिलो बैठक गत शनिवार लन्डनस्थित माया पबमा सम्पन्न भएको छ । सो बैठकले धेरै बिषयहरुमा छलफल गर्नुको साथै महत्वपुर्ण निर्णयहरु गरेको छ। निर्णयहरु मध्ये भावी बार्षिक कार्यक्रमहरुको बारेमा कार्यक्रम तर्जुमा गर्ने, केहि कार्यसमितिका सदस्यहरुको कार्यक्षेत्रहरु फेरबदल गर्ने, सल्लाहाकारहरु थपघट गर्ने जस्ता निर्णयहरु गरेको छ। कार्यसमितिका सदस्यहरु र सल्लाहकारहरुलाई आउने बार्षिक साधारण सभाबाट आधिकारिक रुपले पदभार ग्रहण गराउने तथा जिम्मेवारी दिने निर्णय लिएको छ ।

नेपालको जनगणना २०७८ को सन्दर्भमा पुन मगर समाज युकेको आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ। सोही आधिकारिक धारणा अनुसार अडिक रही आफ्नो पहिचान, जात धर्म सस्कृति, रितिरिवाज र पुर्खाले छोडेर गएको गौरवमय पुन मगरको इतिहासलाई जिबन्त बनाउने र शसक्त रुपले अगाडी बढ्ने निर्णय लिएको छ।

पुन मगर समाज युकेका अध्यक्ष बल पुर्जाको अध्यक्षतामा बसेको बैठकमा स्वागत मन्तब्य संस्थाका अध्यक्ष बल पुर्जाले दिनु भएको थियो भने संस्थाका पूर्व अध्यक्ष तेज राम्जाली र उपाध्यक्ष तुलचन्द्र तिलिजाले कार्यक्रम संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!