राजदूत रेग्मीद्वारा बिसीसी गुम्बा दर्शन

SHARE:

पूर्ण गुरुङ

लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले अल्डरसटस्थित वुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको दर्शन गरेको छ । यसअघि पनि २ पटक गुम्बाको दर्शन गरिसकेका महामहिम राजदूत रेग्मीले गत आइतबार १७ अक्टोबरका दिन पुनः दर्शन गरेको हो । गत १६ अक्टोबर देखि ३ दिनका लागि आयोजना भैरहेको बौद्ध धर्ममा अत्यन्त महत्व रहेको गणचक्र (छोकबुम) पुजाको दोस्रो दिन उनी सहित उनकी धर्मपत्नी, राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल तथा उनका श्रीमानको समेत बिशेष सहभागीता रहेको थियो ।

राजदूत रेग्मीले गुम्बा भित्र रहेको गौतम बुद्धको प्रतिमामा बत्ति बाले लगत्तै गुम्बाका लामा खेन्पो कुन्ख्यापले बुद्ध धर्मसंग सम्बन्धित प्रवचन सुनाएका थिए । सो अवसरमा बौद्धमार्गी प्रति आफ्नो विश्वास रहेको बताउँदै सो प्रवचनले अत्यन्त मन छोएको जनाए ।

उक्त गणचक्र पुजाको मध्यान्तरमा गरिएको राजदूत रेग्मीको दर्शनको क्रममा बिसीसी युकेका धर्म गुरुहरु, आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार डा. कपिल रिजाल लगायतको उपस्थिति रहेको थियो । बिसीसी युकेका महासचिव क्याप्टेन देब घलेले संचालन गरेको उक्त दर्शन कार्यक्रममा बिसीसी युकेका अध्यक्ष र आमा अध्यक्ष उर्मिला गुरुङले राजदूत रेग्मी दम्पत्तीलाई फुलको गुच्छा सहित मायाको चिनो प्रदान गर्दै विदाई समेत गरेका थिए ।

स्मरण रहोस्, वर्तमान सरकारले पूर्व सरकारले नियुक्त गरेका सबै राजदूतहरुलाई नेपाल बोलाउने क्रममा राजदूत रेग्मी समेत नेपाल फर्कन लागेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!