
लन्डन अक्टोबर १९ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो विदेश भ्रमण स्वरुप स्कटल्यान्ड आउने भएका छन् ।
प्रधानमन्त्री देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा सहभागी हुनका लागि कात्तिक तेस्रो साता स्कटल्यान्ड आउन लागेका हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
स्कटल्यान्डको ग्लास्कोमा नोभेम्बर १ र २ मा जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर सम्मेलन हुँदैछ । असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले यसबीचमा कुनै देशको भ्रमण गरेका छैनन् । पछिल्लो पटक प्रधानमन्त्री बनेपछि स्कटल्यान्ड भ्रमण नै उनको पहिलो विदेश भ्रमण हुनेछ ।






