देशका विभिन्न स्थानमा बर्षासँगै बाढी र पहिरो, ३ जनाको मृत्यु

SHARE:

काठमाडौं कात्तिक २ ।

देशका विभिन्न स्थानमा अविरल बर्षासँगै बाढी र पहिरोले ३ जनाको मृत्यु भएको छ ।

देशका अधिकांश क्षेत्रमा भारी वर्षा जारी छ । बर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान विभागले जनाएको छ । यसवर्ष विगतका वर्षमा भन्दा लामो समयसम्म वर्षा कायमै रहेकाले जनजीवन प्रभावित भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ भने देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ ।

कर्णाली, महाकाली, नारायणी, गण्डकीलगायतका नदी उर्लिएर खतराको सतह पार गरेका छन् । यसबाहेक लुम्बिनी प्रदेश, वाग्मती प्रदेशलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मेघ गर्जन हुने, हावाहुरी चल्ने, बाढी पहिरो जाने भइरहेको छ ।

उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात र देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!