बुद्धिष्ट कम्युनिटी सेन्टर युकेमा गण चक्र पुजा सम्पन्न

SHARE:

लण्डन कात्तिक ४ ।

बुद्धिष्ट कम्युनिटी सेन्टर बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा तीन दिने गण चक्र पुजा सम्पन्न भएको छ ।

गत १६ अक्टोबरदेखि आयोजना गरिएको उक्त पूजा गत सोमबार १८ अक्टोबर साँझ सम्पन्न भएको हो । बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका विश्वभर छरिएर रहेका अनुयायी एवं शुचचिन्तक तथा भक्तजनहरुले सुस्वास्थ्य, दीर्घायू साथै धार्मिक लीला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ गणचक्र छोकभुम पूजा गरेका हुन् ।

गुम्बाका लामा गुरु खेन्पो कुन्ख्यापले शुरुवात गरेको उक्त पूजामा रिन्पोछे शेरब, लामा रिग्जीन, आनी आदी, गुम्बाका पूजा संयोजक आइबहादुर गुरुङ र सानु लामाले पूजापाठमा साथ दिएका थिए । सो पूजा समापनमा क्रममा पूजा संयोजक एवं बीसीसी युकेका कोषाध्यक्ष मेजर हितमान गुरुङले पूजा सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका खेन्पो गुरुङ लगायत लामा गुरुहरु, कार्यसमितिका पदाधिकारी, सल्लाहकार, ट्रष्टीज, भक्तजन, गुम्बा स्टाफ, विशेष गरी आमाहरु लगायत सबैलाई हृदयदेखि नै धन्यवाद दिए । त्यस्तै, संस्थापक अध्यक्ष काजी शेर्पाले सो पूजाको महत्व बारे जानकारी गराउँदै पूजा सम्पन्न गर्नका लागि विशेष भूमिका निभाएका झोङसार खेन्चे रिन्पोछेका अनुयायी रिन्पोछे शेरब, आनी आदी, खेन्पो कुन्ख्याप लगायत सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

तीन दिने पूजा सम्पन्न गर्नका लागि बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, आमा अध्यक्ष उर्मिला गुरुङ, उपाध्यक्ष आङ्ग दावा शेर्पा, महासचिव क्याप्टेन देव घले, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा सचिव शारदा गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, ट्रष्टीज कमल गुरुङलगायत सल्लाहकार, ट्रष्टीज एवं आमाहरुले महत्वपूर्ण भूमिका निभाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!