बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

SHARE:

डंडेल्धुरा कात्तिक ४ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन् ।

बिहीबार निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन् । देउवाले अमरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूसँग जिल्लामा बाढीपहिरो पीडितहरुका बारेमा जानकारी लिएका थिए ।

देउवाले बाढीपहिरो पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न पनि गृहजिल्लाका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरूको व्यवस्थापन गर्न आवश्यक पर्ने बजेट संघीय सरकारले उपलब्ध गराउने आश्वासन पनि दिएका छन् । जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जिल्लाकै भित्रीमधेसमा पर्ने जोगबुढाको अवस्था अवलोकन गर्न गएका छन् । देउवा जोगबुढाबाट कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन्। धनगढीबाट उनी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ।

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहेका छन्। आइतबारबाट परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन्। यस्तै, बाढीपहिरोमा परेर १६ जना घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!