
कार्यक्रममा कम्युनिटीका बर्तमान अध्यक्ष एक रानाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा निबर्तमान अध्यक्ष नरबिर आङ्गबोले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सम्पुर्ण आफ्ना सदस्यलाई धन्यवाद तथा नव निर्बाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको सुभकामना दिनु भएको थियो साथै निवर्तमान उपाध्यक्ष केश गुरुङले पनि आफ्नो मन्त्ब्य दिने क्रममा नयाँ कार्यसमितिको सफलताको शुभकामना मन्तब्य राखेका थिए । त्यस्तै, उपाध्यक्ष सुरजमान मगरले आर्थिक प्रतिवेशन प्रस्तुत् गरेका थिए ।
उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष एक रानाले निवर्तमान अध्यक्ष नरबिर आङबो लगायत निवर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, उनले नयाँ सदस्यता लिन चाहने डोनकास्टरवासी नेपालीहरुलाई हार्दिक स्वागत गर्दै सदस्यता वितरण गरेका थिए । र, कम्युनिटीका प्रमुख सल्लाहकार खुम आलेद्वारा निवर्तमान कार्यसमितिलाई बिदाई र नयाँ कार्यसमितिलाई स्वागत गरेका थिए ।
बृटिश गोर्खा कम्युनिटी सन् २००६ सालमा स्थापना भएको इंल्याण्डको योर्कसायरस्थित डोनकास्टर शहरमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था हो । हाल यस संस्थामा १७५ घरधुरीले स्थायी सदस्यता लिई सकेका छन् भने प्रत्येक सदस्यबाट मासिक ५ पाउण्डको दरले सदस्यता शुल्क संकलन आएको छ । जसका कारण आवश्यक पर्दा आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गर्दै आएको छ भने अरु च्यारिटीमूलक काम समेत गर्दै आएको कम्युनिटीसंग निकट एक सदस्य बताउँछन् ।
स्मरण रहोस्, डोनकास्टर सम्भवत बेलायतको उत्तरी भुभागमा बसोबास गर्ने नेपालीहरु मध्येको बढी नेपाली जनघनत्व भएको स्थान भएको विश्वास छ । यस शहरमा आझभन्दा करिब ३० बर्ष देखि सिमित ब्यक्तिहरुको बसोबास रहेको भएता पनि पछिल्लो समय रोजगार, सस्तो घर मूल्य र सुविधाजनक शहर भएका कारण नेपालीहरुको आकर्षणको केन्द्र बन्दै आएको छ ।






