
चिम्खोले काईला
बेलायत – आज बिहान मेरो फेसबुकको म्यासेजरमा नागरिक खबर पोस्ट भएको रहेछ। नागरिक खबर खोलेर हेरे । सो पोस्टको हेड लाइनमा लेखिएको थियो लिपुलेक-लिम्पियाधुरा र कालापानीमा जनगणना गर्न भारतलाई सोध्नुपर्छ : परराष्ट्रमन्त्री नारायण खड्का भनेर लेखिएको रहेछ । यो खबर देख्नासाथ खबर पढ्न बडो उत्सुकता जागेर आयो। खबर सरसर्ती पढे।खबर पढिसकेपछि “थुक्क सरकार” भन्न मन लाग्यो।
विश्वको प्रया: धेरैजसो मुलुकहरुमा हरेक दश बर्षमा जनगणना हुन्छ। हाम्रो देश नेपालमा पनि यस बर्ष कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मूल गणनाको कार्य धमाधम शुरु हुँदैछ । तर लिपुलेक-लिम्पियाधुराको जनगणना नहुने संकेत नेपाल सरकारका परराष्ट्रमन्त्रि नारायण खड्काले गर्नुको साथै जनगणना गर्नको लागि भारतलाई सोध्नुपर्छ भनेर भनेका छन। स्मरण रहोस लिपुलेक-लिम्पियाधुराको जनगणना २०१८ सालपछि जनगणना हुन सकेको छैन । यो कस्तो बिडम्बना ? यो कस्तो लाज मर्दो कुरा ? कहाँ छ नेपाल सरकार ? चुच्चो नक्शा प्रकाशित गर्ने तर जनगणना गर्न आनाकानी गर्नाले प्रश्न खडा गरेको छ।
नयाँ नक्सा समेटिएको नेपाली भू–भाग लिपुलेक,लिम्पियाधुरा र कालापानीको जनगणना हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा मन्त्री खड्काले भने,“त्यो त अब भारतलाई सोध्नुपर्छ । उसले आफ्नो तरिकाले एउटा मोथडोलोजी र मेकानिज्म बनाएर जनगणना गर्ने भन्ने उत्तर नागरिक खबरमा पढेपछि आश्चार्य तथा चकित भएको छु । बि सं २०१८ सालपछिका सरकारहरुले के हेरेर बसेका रहेछन ? यो प्रश्न बिगत र बर्तमान सरकार लगायत जनताको करबाट पालिएका ति राष्ट्रबादी नेताहरुलाई। खबदार ?






