एजेन्सी कात्तिक ६ ।

भारतको उत्तराखण्डमा आएको भीषण वर्षाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। यसैगरी २४ जना सिकिस्त रहेका छन्।
राज्य आपदा मोचन बलको टोलीले वागेश्वर जिल्लाको पिंडारी र काफनी ग्लेशियरमा फसेका ६५ पर्यटकको उद्धार गरेको छ। बुधबारदेखि लगातार तीन दिनसम्म भएको भीषण वर्षाले उत्तराखण्डको कुमाउँ क्षेत्र सर्वाधिक प्रभावित भएको छ। त्याहाँ करिब २ अर्बभन्दा बढीको क्षति भएको बताइएको छ।
यसैगरी बागेश्वरमा फसेका ट्रेकिङ दलका ६ सदस्यको खोजीका लागि तयार राखिएका हेलिकोप्टर खराब मौसमका कारण उड्न सकेका छैनन् । मुख्यमन्त्री पुष्करसिंह धामी शुक्रवार प्रभावित क्षेत्र पुगेका थिए। उनले उत्तराखण्डमा ७० अर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिएका छन् ।






