देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षाले धानबालीमा ७ अर्ब बढीको क्षति

SHARE:

काठमाडौं कात्तिक ६ ।

देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षाले ७ अर्ब २२ करोड बराबरको धानमा क्षति पुगेको छ ।

लुम्बिनी प्रदेशको ४ अर्ब ५१ करोड बराबरको धानमा क्षति हुँदा सुदुरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड बराबरको धान नष्ट भएको कृषि मन्त्रालयको प्रारम्भिक तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रदेश १ मा ८० करोडको धान नष्ट भएको मन्त्रालयले जनाएको छ । यद्यपि प्रदेश २ को क्षतिको विवरण आएको छैन ।

वर्षेनी भारत, बंगलादेश लगायतका देशबाट अर्बौंको धान भित्रिने गरेको नेपालमा यसवर्ष पनि धानको आयात बढ्ने देखिएको छ भने व्यापार घाटाको आकार समेत बढ्नसक्ने देखिएको छ । नेपालका अधिकांश क्षेत्रमा उन्नत बीऊको प्रयोग नहुनु, समयमै मल नपाउने र निर्वाहमुखी खेती प्रणाली छ ।

त्यसमा पनि यस वर्ष बेमौसमी पानीको प्रभावका कारण अझै उत्पादनमा कमी आउँदा साना किसानले रोजगारी गुमाउनुका साथै खाद्य संकट निम्तन सक्ने कृषि विज्ञको भनाई छ ।

कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको २५ प्रतिशत योगदान रहेको छ भने धानले मात्रै ११ प्रतिशत हिस्सा ओगटेको छ । नेपालको धानबालीको मुख्य क्षेत्र भनेको प्रदेश १, २ र लुम्बिनी प्रदेश हो । तर, बेमौसमी वर्षाको असर यी क्षेत्रमा परेको छ । मन्त्रालयका अनुसार यस वर्ष धान उत्पादन ६ प्रतिशतसम्म घट्ने देखिएको छ ।

कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । नेपालमा वार्षिक साढे २ खर्ब बढीको धान उत्पादन हुँदै आएको छ । यस वर्ष भएको बेमौसमी वर्षाले सरकारको ३ वर्षमा धानमा आत्मनिर्भर हुने योजनामा समेत धक्का लागेको कृषि विज्ञले बताए ।

भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो महिना ५ अर्ब बढीको धान र चामल आयात भएको छ । विभागका अनुसार धान भारत, बंगलादेश अमेरिका, फिलिपिन्सबाट ल्याइएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!