जयाराम तामाङयहि अक्टोबर २३ तारिख शनिबारको दिन स्विण्डन स्थित डोम हलमा बसेको बैठकको अध्यक्षता समाजकी अध्यक्ष चन्द्रकला लिम्बूले गर्नुभएको थियो भने महासचिब लाल लिंग्देलले कार्यक्रम संचालन गर्नु भएको थियो। गोर्खा नेपाली समाज स्विण्डनका सल्लहाकारहरु, संरक्षक , बिशेष सल्लहाकार, र कार्य समितिका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुको उपस्थितिमा भएको बैठकले अतिनै सौहार्दपूर्ण तरिकाले भलिबल खेल सम्पन्न भएको निष्कर्ष निकालेका थिए। भलिबल खेलमा महिला र पुरुषको गरि जम्मा २० वटा टिम ले भाग लिएको उक्त प्रतियोगितामा २ वटा टिम लाइ समाबेस गर्न नसकेकोमा क्षमा याचना गर्दै अर्को पटकको लागि प्रतियोगितामा भाग लिनको लागि आवाहन गरेको छ। दशैं , तिहार र छड पर्वको बिचमा पारेर गरेको उक्त कार्यक्रममा अध्यक्ष चन्द्रकला लिम्बू र भलिबल संयोजक तथा समाजकी उपाध्यक्ष मनु पाइजा ले दशैं , तिहार र छड पर्वको शुभकामना दिदै कार्यक्रम सफल पार्नको लागि भौतिक तथा आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद दिनु भएको थियो। कार्यक्रममा खानपिना को साथमा नृत्य प्रदर्शन पनि गरेको थियो।






