एनआरएनए यूकेद्धारा नेपालमा बाढी-पहिरो पीडितहरुका राहतका लागि १० लाख पठाउने घोषणा

SHARE:

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालमा हालै आएको बाढी पहिरोको मारमा परेका पीडितहरु र मृतकका परिवारको तत्काल राहतका लागि १० लाख रुपैयाँ नेपाल पठाउने घोषणा गरेको छ । अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा गत अक्टोबर २४ मा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो ।

अध्यक्ष गाहा मगरका अनुसार घोषित रकम निकासा भएको २४ घण्टाभित्रमा नेपाल पुर्याउने र ७२ घण्टाभित्रमा सम्बन्धित पीडितहरुसम्म पुर्याउने योजना रहेको छ ।

यता बेलायतमा भने हाल दैवी प्रकोप तथा आपतकालीन नीति तर्जुमा बिभागका संयोजक तथा कार्यकारी सदस्य बालकृष्ण दाहाल र कोषाध्यक्ष बिष्णु खरेलको संयोजनमा नेपालमा बाढीपीडितहरुका लागि राहत उद्दार कोष संकलन सुरु भएको छ ।

संघले यस अभियानमा सहयोग गर्न बेलायतवासी सबै नेपालीहरुलाई अपील गर्दै एनआरएनए यूकेको ‘वेलफेयर अकाउण्ट नम्बर ‘NON-RESIDENT NEPALI; Sort Code: 60-01-08; Account number: 42421888 मा जम्मा गर्न अनुरोध गरेको छ ।

नेपालको पूर्वी भेगमा हालै आएको बाढी र पहिरोका कारण अपार धनजनको क्षति भएको छ । पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा र संखुवासभा जस्ता जिल्लाहरुमा पहिरोबाट दर्जनौंको ज्यान गएको छ भने सयौं घरवारविहीन भएका छन् । किसानहरुको सात अरब भन्दा बढी धानखेतीको सर्वनाश भएको अनुमान गरिएको छ र मुलुककै अर्थतन्त्रमा नराम्ररी धक्का पुग्ने आँकडा गरिएको छ ।

With Best Regards, 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!