बेलायतका लागि नेपाली राजदुत रेग्मी स्वदेश फिर्ता

SHARE:

लण्डन कात्तिक ८ ।

बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी नेपाल फर्किएका छन् ।

करिब आठ महिना बेलायत बसी आइतबार पत्नीसहित उनि नेपाल फर्किएका हुन् । दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल लगायतका कर्मचारीहरुले लण्डन हिथ्रो विमानस्थलको टर्मिनल २ मा रेग्मीलाई विदाई गरेका थिए ।

नेपाल सरकारले रेग्मीलाई चार वर्षका लागि बेलायतको राजदुतमा नियुक्त गरेपछि उनी यसैवर्षको मार्च १ तारिखमा लण्डन आइ पदबहाली गरेका थिए । तर यसबीचमा नेपालमा सरकार परिवर्तन भएपछि रेग्मीसहित विभिन्न देशका नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय भएको थियो । त्यसैकारण बेलायतको संक्षिप्त बसाइ टुङ्ग्याउँदै रेग्मी नेपाल फर्किएका हुन् ।

कोरोनाका कारण लकडाउन भएकै अवस्थामा बेलायत आइपुगेका रेग्मीले पुगनपुग आठ महिनाको बेलायत बसाइमा लामो समयदेखि थाँती रहेको गोरखाहरुको समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच जीटूजी वार्ता गराउन उल्लेख्य भूमिका खेलेका थिए । तर त्यो वार्ता शुरु हुन नपाउँदै उनी नेपाल फर्किएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!