फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आइपुग्यो

SHARE:

काठमाडौं कात्तिक ८ ।

बालबालिकालाई लगाउन मिल्ने फाइजरको एक लाख ६ सय २० डोज खोप अमेरिकाबाट काठमाडौं आइपुगेको छ ।

कतार एयरलाइन्सको विमानमार्फत कोभ्याक्स सुविधा अन्तर्गत फाइजरको एक लाख ६ सय २० डोज खोप सोमवार बिहान नेपाल आइपुगेको हो । यो खोप दीर्घरोगीलाई लगाउने तयारी भएको छ । फाइजरको खोप १२ वर्षदेखि १८ वर्षसम्म उमेरका बालबालिकालाई लगाउन अनुमति भए पनि थोरै मात्रामा आएकाले दीर्घरोगीलाई लगाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप डोज आएपछि मात्रै बालबालिकालाई लगाइने मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताए। यसअघि गएको जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!