
जमुना पुन
बेलायत – बेलायतको फ्रिम्लीस्थित माइकल असर गोर्खा मोर्गेज कम्पनि यस बर्षको “बेष्ट मोर्गेज अवार्ड” जित्न सफल भएको छ। संयुक्त अधिराज्य बेलायतको होमलोन पाट्नरशिप नेटओर्कले हरेक बर्ष बेष्ट मोर्गेज अवार्डको छनोट कार्यक्रमको आयोजना गर्ने गर्दछ। गत सेपेम्बर ३० को दिन वेल्सको सेल्टिक म्यानोर भन्ने स्थानमा यस अवार्डको छनोट कार्यक्रम भएको थियो। यस बर्ष बेलायतका ३०० वटा मोर्गेज कम्पनीहरुले भाग लिएका थिए। सो आयोजनामा ३०० वटा मोर्गेज कम्पनीहरु मध्ये माइकल असर गोर्खा मोर्गेज कम्पनि बेलायतको साउथ इष्टमा बेष्ट अवार्ड जित्न सफल भएको छ।
माइकल असर गोर्खा मोर्गेज कम्पनि बेलायतको फ्रिम्लीमा आबस्थित छ। यस मोर्गेज कम्पनीले स्थापना कालदेखि बेलायतबसी धेरै नेपालीहरुलाई घर जग्गा खरिद तथा बिक्रि गर्ने, प्रोपर्टी खरिद गर्नका लागि आर्थिक लोन बन्दबस्त गरिदिने र विल लेखिदिनेमा सहयोग गर्दै आएको छ। यस कम्पनीका कर्मचारीहरु प्रया: सबै नेपालीहरुनै भएको हुँदा सेवालिन सहजहुने गर्दछ।






