लन्डन अक्टोबर २६ । ग्रेटर रस्मुर नेपाली कम्युनिटीले गोर्खा मेमोरियल प्रोजेक्ट समूहलाई सम्मान गरेको छ ।
प्रथम भीसी कुलवीर थापाको सालिक अल्डरसटस्थित सफलतापूर्वक निर्माण गर्न सफल भएको भन्दै गत आइतबार २३ अक्टोबरका एक भव्य कार्यक्रम आयोजना गरी गोर्खा मेमोरियल प्रोजेक्ट समूहलाई सम्मान गरिएको हो । सम्मान हुनेहरुमा प्रोजेक्ट म्यानेजर क्याप्टेन रिटायर्ड ग्यारी घले प्रोजेक्ट, को- ओर्डिनेटर मेजर खिम गौचन, कोषाध्यक्ष तोपबहादुर पल्ली मगर, सहकोषाध्यक्ष क्याप्टेन ताम ढेंगा मगर, मिडिया को-ओर्डिनेटर ओम थापा काउचा मगर, क्याप्टेन रिटायर्ड वीरबहादुर थापा, क्याप्टेन रिटायर्ड विष्णु श्रेष्ठ, क्याप्टेन रिटायर्ड राजेन्द्रमान गुरुङ, संस्थाका उपाध्यक्ष मैया डंगोल केसी, मगर संघ (UHSB) शाखाकी अध्यक्ष हेमा राना, सदस्य बिर बलाल रहेका छन् ।
सम्मानका क्रममा उनीहरुलाई डिपुटी लर्ड लेफ्टिनेन्ट अफ हाम्पसायर मनिकुमार राईले खादा ओडाइ मेयर ब्रुश थोमसद्वारा सम्मान पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा काउन्सिलर जिब बेल्बासे, काउन्सिलर नेम थापाको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा मेयर ब्रुश थोमस, लर्ड लेफ्टिनेन्ट अफ हाम्पसायर मनिकुमार राई र अध्यक्ष रामधन राईले बधाई तथा शुभकामना मन्तव्य राख्दै उपस्थित सबै जनालाई धन्यवाद दिएका थिए । रामधन राईको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रम उपाध्यक्ष नेम थापाले कार्यक्रम सन्चालन गरेका थिए ।








