नेपालको अन्तर्राष्ट्रिय व्यापारमा बृद्धि,तीन महिनामा चार खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात

SHARE:

काठमाडौं कात्तिक ९ ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार बढेको छ ।

कोरोना संक्रमण दर न्यून हुँदै गएपछि मुख्य चाडबाडको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापार दुई खर्ब रुपैयाँ नजिक पुगेको छ । भन्सार विभागको असोजसम्मको व्यापार तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा भएको वृद्धि हुनुका साथै समग्र व्यापार बढेको हो । चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनासम्म नेपालले चार खर्ब ७८ अर्ब रुपैयाँको वस्तु आयात भएको हो । जुन अघिल्लो आर्थिक बर्षको तीन महिनासम्मको तुलनामा करिब ६४ प्रतिशतले बढी हो ।

असोजमा मात्रै एक खर्ब ६४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो कोभिड संक्रमणयताकै बढी हो । असोजसम्म सबैभन्दा धेरै २३ अर्ब ३२ करोड रुपैयाँको डिजेल आयात भएको छ । त्यसपछि दोस्रोमा २० अर्ब ६० करोडको कच्चा भटमास तेल, १७ अर्ब १७ करोडको मोबाइल, १३ अर्बको कच्चा पाम तेल र १२ अर्ब ८६ करोडको पेट्रोल आयात भएको छ ।

असोजसम्म निर्यातमा पनि वृद्धि भएको छ । तीन महिनामै नेपालले ६५ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो असोजसम्म नेपालले ३१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो । असोजमा मात्रै नेपालबाट २१ अर्ब रुपैयाँको वस्तु निर्यात भएको देखिन्छ । भटमास र पामको प्रशोधनले नेपालको निर्यातमा सघाएको छ ।

असोजमा नेपालले २२ अर्ब रुपैयाँको भटमास तेल, साढे १३ अर्बको पाम तेल, दुई अर्ब ४५ करोडको गलैँचा र एक अर्ब ८७ करोड रुपैयाँको ऊनीका उत्पादनको निर्यात भएको छ । असोजसम्मको कुल व्यापारमा निर्यातको हिस्सा ९ दशमलब ६० प्रतिशत मात्र रहेकामा चालू अवधिमा करिब १२ प्रतिशत हिस्सा पुगेको छ ।

असोजसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार पाँच खर्ब ४३ अर्ब रुपैयाँ पुग्दा व्यापार घाटा भने चार खर्ब १३ अर्ब रुपैयाँ रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!