मंसिरभित्रै १४ औं महाधिवेशन गरिसक्ने तालिका बनाउन देउवाको निर्देशन

SHARE:

काठमाडौं कात्तिक ९ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन्।

मंगलबार सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको बताएका हुन्।

सोही अनुसारको कार्यतालिका बनाउन उनले निर्देशन दिएका छन्। पार्टी सभापतिले मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको पार्टीका सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसिरभित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ। महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीको लागि पनि तत्काल केन्द्रीय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए।

नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो। तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सभापति देउवाले मंसिरभित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!