बेलायतमा हुने स्थानीय निर्वाचनमा नेपाली महिलालाई काउन्सिलरका लागि टिकट

SHARE:

लण्डन कात्तिक १० ।

बेलायतमा आउँदो मे महिनामा हुने स्थानीय निर्वाचनमा नेपाली महिलाले काउन्सिलरका लागि टिकट प्राप्त गरेकी छिन् ।

अल्डरसटमा बसोबासरत श्रीमती सुमन पुनले कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट पाएकी हुन् । लिडरसीप म्यानेजमेण्टमा एमएस्सी गरेकी सुमन सामाजिक कार्यकर्ताका साथै व्यापारमा पनि संलग्न छिन् । उनी मान ट्राभल एण्ड टूर सर्भिसको प्रबन्ध निर्देशक रहेकी छिन् भने विगत सात वर्षदेखि गोरखा सर्भिसेज लाइफ केयर म्यानेजमेण्टको पनि संस्थापक निर्देशक रहेकी छिन् ।

पूर्व गोरखा सैनिककी श्रीमती पुन सन् २०१९ देखि कञ्जरभेटिभ पार्टीमा सक्रियरुपमा आवद्ध भएकी हुन् । उनी सो पार्टीको डाइभरसिटी समूहको उपाध्यक्ष र व्यापार उद्यम समूहकी अध्यक्ष रहेकी छिन् । पुन स्थानीय नेपाली समुदायमा सक्रिय र परिचित छिन् । उनकै निर्माणमा केही महिनाअघि युकेका नेपाली कलाकारहरुले देशप्रेमले भरिएको म्यूजिक भिडियो पनि बनाएका थिए ।

रसमुर काउन्सिलमा कञ्जरभेटिभ पार्टीको बहुमत रहँदै आएको छ र सो काउन्सिलमा यसवर्ष पनि कञ्जरभेटिभ पार्टीबाट दुईजना नेपाली मूलका काउन्सिलर चुनिएका छन् । बेलायतमा नेपाली मूलका काउन्सिलरहरु थपिँदै गए पनि महिला काउन्सिलरहरुको संख्या भने न्यून छन् ।

यसअघि स्वान्ली काउन्सिलमा गुल्मीकी लक्ष्मी गैरे काउन्सिलर निर्वाचित भएकी थिइन् भने केही वर्षअघि गिल्फोर्ड काउन्सिलमा लेबोर पार्टीबाट काउन्सिलरको टिकट पाएकी युवा उम्मेदवार आकांक्षा गुरुङले भने विजय हासिल गर्न सकिनन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!