एनआरएनए एनसीसी विश्व भेला सम्पन्न, संस्था जोगाउन पहल गर्नसंरक्षक परिषद्लाई आग्रह

SHARE:

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको  पहिलो विश्व भेलाले संस्थाको गरिमा र साख जोगाउनका लागि तत्काल पहल गर्न संरक्षक परिषद्लाई आग्रह गरेको छ ।

आइतबार सम्पन्न सम्मेलनले सात बुँदे घोषणापत्र पारित गर्दै संघको वर्तमान नेतृत्वका कारण संस्था गतिहीन र विवादित बनेको भन्दै संस्थाको गरिमा कायम राख्न संरक्षक परिषदले पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

एनआरएनको विधान अनुसार नै अक्टोबर २३–२५ का लागि तोकिएको दशौं विश्व सम्मेलन तथा महाधिवेशन हुन नसकेपछि एनसीसीहरुको विश्व सम्मेलन गरिएको थियो । एनसीसी अमेरिकाको संयोजनमा भएको सम्मेलनमा असी प्रतिशतभन्दा बढी एनसीसीहरुका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

खासगरी महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा देखिएको विवादका कारण संघको महाधिवेशन रोकिएको हो । केही देशमा एनसीसीहरुको निर्वाचनमा पनि विवाद देखिएको छ । संघको नेतृत्वले आफूखुसी नियमावली बनाएका कारण विवाद बढेको असन्तुष्ट पक्षको गुनासो छ ।

भेलाको निष्कर्षबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एनसीसी युकेका अध्यक्ष प्रेम गाहा मगरले आइतबार एनसीसीहरुको विश्व भेला भए लगत्तै सोमबार संरक्षक परिषदका सदस्यहरुको  बैठक बसेको सुन्दा खुस लागेको बताए। “संरक्षकज्यूहरुले यो संकटबाट निकास दिन पहल गर्नु भएको भन्ने सुनियो।  त्यसको हामीलाई आधिकारिक जानकारी त आएको छैन। तर यस्तो पहललाई हामी स्वागत गर्छौ,” गाहा मगरले भने।

एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले संस्थालाई कमजोर बनाउन वा कुनै गुटको पक्षमा  नभै संस्था लाई बलियो बना उन विश्व भेला गरिएको उनले बताए।  ४३ अध्यक्षहरु र ५० भन्दा बढी एनसीसीका पदाधिकारीहरु विश्व भेलामा सहभागी भएको उनले बताए। हाल सम्म ६२ ओटा एनसीसीहरुको निर्वाचन भएको मध्ये उक्त संख्या ८० प्रतिशत भन्दा बढी हो। पत्रकार सम्मेलनमा भेला तयारी समितिका सदस्यहरु एनसीसी अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्पराज भट्टराई, स्पेनका अध्यक्ष शालिक राम डुम्रे,  अस्ट्रियाकी अध्यक्ष भवानी तिवारी, कतारका अध्यक्ष मोहम्मद मोक्तादा लगायतले एनसीसीहरुबीच विश्व भेलामा देखिएको एकता आगामी दिनमा बलियो बनाउदै लग्नु पर्ने जनाएका थिए।  

धनजनको क्षतिप्रति दुख ब्यक्त

भेलाले नेपालमा हालै भारी बेमौसमी वर्षाका कारण बाढी पहिरोमा परी भएको धनजनको क्षतिप्रति एनसीसीहरुको तर्बाट गहिरो दुख ब्यक्त गर्दै पीडित परिवार र समुदायलाई सहयोग गर्न एनसीसीहरुले आआफ्नो तर्फबाट  सहयोग जुटाउने र आपसी समन्वय गरी पठाउने निर्णय पनि गरेको छएनसीसी युकेले बाढी पहिरो पीडितहरुका लागि दस लाख रुपियाँ बराबरको सहयोग गर्ने घोषणा गरि सकेको छ भने अरु एनसीसीहरुले पनि छिट्टै बैठक बसी घोषणा गर्ने जनाएका छन्।

भर्चुअल माध्यमबाट भएको सम्मेलनको पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए भने सम्मेलनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत समाजवादीका प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह लगायतले सम्बोधन गरेका थिए ।

त्यस्तै संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन,  संघका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, सोम सापकोटा, त्रिलोक गुरुङ, एसी शेर्पा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, मध्यपूर्व युवा संयोजक राज रेग्मी, विभिन्न एनसीसीका अध्यक्षहरुले सम्मेलनको सफलताको कामना गरेका थिए ।

भेला तयारी समितिले जारी गरेको प्रेस विज्ञप्ति :

आदरणीय पत्रकार मित्रहरु,

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो ऐतिहासिक विश्व भेला भर्चुएल माध्यमबाट   २४ अक्टोबर २०२१ मा सम्पन्न भएको छ।  भेलामा संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुका निर्वाचन भएकामध्ये ८० प्रतिशत भन्दा बढी एनसीसी अध्यक्ष तथा पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो।  पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथि रहनु भएको भेलामा संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन,  संघका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, सोम सापकोटा, त्रिलोक गुरुङ, एसी शेर्पा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्षरू सोनाम लामा तथा मन केसी, सचिव आर के शर्म, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, युवा संयोजक हिमाल गुरुङ, मध्यपूर्व युवा संयोजक राज रेग्मी, एनसीसी अमेरिकाका पूर्व सल्लाहकार डा. यादव पण्डित, विभिन्न एनसीसीका अध्यक्षहरु लगायतका वक्ताले सारगर्भित मन्तव्य राख्नु भएको थियो।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्लगायतका अतिथिहरुले सम्बोधन गर्नु भएको थियो।  

ेला तयारी समितिका संयोजक तथा राष्ट्रिय समन्वय परिषदअमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न  उद्घाटन समारोह पछि सबै सहभागी राष्ट्रिय समन्वय परिषद्हरुका अध्यक्ष तथा पदाधिकारीहरुले  बन्द सत्रमा नेपालमा हालै गएको बाढी पहिरो बाट उत्पन्न स्थिति,  संघमा हाल देखिएको समस्या तथा यसको निकास लगायतकाविषयमा घनीभूत छलफल गर्नु भएको थियो।

गैर आवासीय नेपाली संघको १८ र्षको अवधिमा पहिलो पटक घोषित मितिमा महाधिवेशन तथा चुनाव हुन नसकेको  र उत्पन्न विवादलाई अन्तर्राष्ट्रिय समन्वय परिषदले उचित सम्बोधन गर्न नसकेको हुनाले वैधानिक संकटको स्थिति उत्पन्न भएको छ सै कुरालाई सम्बोधन गर्न नसकेकोकारणले संघकै जिम्मेवार अभियन्ताहरुले पररास्ट्र मन्त्रालयमा निवेदन दिनेस्थिति उत्पन्न भयो तर समस्याको समाधान र्न ठोस पहल गर्नुको सट्टा आरोप, प्रत्यारोपको माहोल शुरु गरियो।  यस्तो विषम परिस्थितिमा संस्थालाई निकास दिन ताजा जनादेश प्राप्त, भर्खरै निर्वाचित गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्हरुले स्वतस्फुर्त रुपमा विश्व भेला गरी  व्यापक छलफल गरियो । छलफलको आधारमा सर्वसम्मतिबाट पारितउक्त भेलाका निष्कर्ष निम्न अनुसार रहेकन्:

1. नेपालमा हालै भारी बेमौसमी वर्षाका कारण बाढी पहिरोमा परि भएको धन जनको क्षतिप्रति एनसीसीहरुको तर्फ़बाट गहिरो दुख ब्यक्त गर्दछौं ।  पीडित परिवार र समुदायलाई सहयोग गर्न एनसीसीहरुले आआफ्नो तर्फबाट सक्दो सहयोग जुटाउने र आपसी समन्वय गरि पठाउने निर्णय गरियो ।

. गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदबाट एउटै विषयमा एनसीसीहरुलाई भिन्नाभिन्नै पत्र पठाउनु असमान व्यवहार भएको हाम्रो निश्कर्ष छ। आइसीसीले सबै एनसीसीहरुलाई समान व्यवहार गर्न नसक्नु तथा आइसीसीका पदाधिकारीहरु नै चुनावमा होमीने भएपछि आफ्नो अनुकल स्थिति बनाउन यस्ता कामहरु गरिएको हामी एनसीसीहरुको भोगाइ र बुझाइ छ । आइसीसीको निर्वाचन परिणामलाई प्रभावित गर्न  एनसीसीको निर्वाचन तथा डेलिगेट्स चयन प्रक्रियामा हस्तक्षप गर्ने वातावरण अन्त्य गर्न हामी माग गर्दछौं ।

. गैरआवासीय नेपाली संघ नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता भएकाले संस्था भित्रका विवाद सम्बन्धमा सुनुवा नभएको अनुभूति गरे पछि नियामक निकायमा जानु स्वाभाविक भएको हाम्रो ठहर छ।  परराष्ट्र मन्त्रालयले दिएको सुझाव र सल्लाहलाई संघको विधान मुताविक कार्यान्वयन गर्न हामी संघको वर्तमान नेतृत्वलाई आह्वान गर्दछौं। मन्त्रालय, नेपाल सरकार वा कुनै दल विशेषलाई आरोप लगाउने काम कुनै पनि संस्थाको जिम्मेवार पदाधिकारीलाई सुहाउने काम होइन । त्यसो नगर्न पनि हामी आग्रह गर्दछौं।  

. संघको विधानको गलत व्याख्या गरी नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई विश्व सम्मेलनमा भाग लिन नदिने काम न्यायोचित हुन सक्दैन।  यस सम्बन्धमा पुरानै प्रचलित अभ्यास अनुसार गर्नु भन्ने परराष्ट्र मन्त्रालयको स्पष्ट सुझाव तथा संघको विधानको मर्म र भावना अनुरुप ६५ प्रतिशत डेलिगेटस चयन गर्ने जिम्मा २०२१-२३ का लागि निर्वाचित कार्यसमितिको नै हो भन्ने ठहर यो विश्व सम्मेलनले पनि गरेको छ।  त्यसैले सोहि अनुरुप गर्न गराउन अनुरोध गर्दै यसको तुरुन्त कार्यान्वय गर्नका लागि यो सम्मेलन केन्द्रीय समिति  समक्ष जोडदार माग गर्दछ।

५. गैरआवासीय नेपाली संघको  विधानको व्यवस्था बमोजिम २ वर्ष भित्र महाधिवेशन गर्न नसकेको कारणले संघको विधानको धारा १६ (१) को (४) मा उल्लेख  भए बमोजिम संस्थाको साख बचाउन पहल गर्नु पर्ने जिम्मेवारी संरक्षक परिषदमाथि आइ पुगेको छ।  संघको इतिहासमै उत्पन्न अभूतपूर्व संकटलाई हालै कार्यकाल पुरा गरेको आइसीसी, नव निर्वाचित आइसीसी सदस्यहरु, सल्लाहकारज्यहरु तथा हामी सम्पूर्ण एनसीहरुसंग छलफल र परामर्श गरी निकास निकाल्ने वैधानिक दायित्व पुरा गर्न  संरक्षक परिषद अग्रसर हुने हामीले विश्वास लिएका छौं। संघलाई वर्तमान संकटबाट मुक्त गर्न आवश्यक जस्तो सुकै पहल कदमी लिन पनि एनसीसीहरु तैयार रहेको पुन: जोड दिन चाहन्छौं। एमआइएस (सदस्यता सूचना प्रणाली) मा देखिएका अनियमितताहरुको छानबिन गर्नुका साथै निर्वाचन समितिसंग समन्वय गरी संघको दशौँ महाधिवेशन तथा स्वतन्त्र र निस्पक्ष निर्वाचन संम्पन्न गर्ने काममा संरक्षक परिषदलाई हाम्रो पूर्ण सहयोग रहने छ । त्यस्तै यो भेला २०२१-२३ का लागि निर्वाचित सम्पूर्ण आइसीसी सदस्यहरु दशौँ महाधिवेशनका लागि स्वतः प्रतिनिधि (डेलिगेट्स) मानिने व्यवस्था गर्न माग गर्दछ।

. हामी हाम्रा यी सुझावहरु तत्काल कार्यन्वयन गर्न केन्द्रीय समितिलाई आग्रह गर्दछौं। यदि यी सुझावहरु कार्यान्वयन गर्न ढीलाइ गरिए एनसीसीका सबै अध्यक्ष तथा नवनिर्वाचित आइसीसी सदस्यहरु सहभागी विश्व भेला गरी आगामी कदमबारे निर्णय लिने जानकारी समेत गराछौं।    

७.  गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला सफल पार्न सहयोग गर्नु हुने सबै एनआरएनए अभियन्ताहरु, हाम्रो निमंत्रणा स्वीकारेर कार्यक्रममा सहभागी हुनु हुने प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु, पूर्व परराष्ट्र मंत्री डा. प्रकाश शरण महत, संघसंस्था, संचारकर्मी मित्रहरु तथा एनआरएनए अमेरिकाको आइटी टिम लगायत सबैलाई यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ।  

विश्व भेला तयारी समिति

गैरआवासीय नेपाली संघका सबै  राष्ट्रिय  समन्वय परिषद्हरु

२४ अक्टोबर २०२१

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!