प्रेस वक्तव्य: नेपाल पत्रकार महासंघ युके

SHARE:

बेलायत – गत मंगलबार २६ अक्टोबर २०२१ का दिन गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरुद्वारा आयोजित भर्चुअल कार्यक्रमा नेपाल पत्रकार महासंघ युके शाखाका पूर्व अध्यक्ष चिरन शर्मा र सल्लाहकार श्याम लुइंटेलसहितका पत्रकारहरुप्रति आयोजक समूहका सदस्यहरुबाट अपमानजनक व्यवहार भएकोहुँदा खेद प्रकट गर्दै नेपाल पत्रकार महासंघ युकेले एक प्रेस वक्तव्य प्रकाशित गरेको छ। प्रेस वक्तव्य जस्ताको तस्तै।

प्रेस वक्तव्य

हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरुद्वारा आयोजित एक भेलाबारे जानकारी दिन २६ अक्टोबर २०२१ का दिन गरिएको भर्चुअल पत्रकार सम्मेलनका क्रममा यस शाखाका पूर्व अध्यक्ष चिरन शर्मा र सल्लाहकार श्याम लुइंटेलसहितका पत्रकारहरुप्रति आयोजक समूहका सदस्यहरुबाटै अपमानजनक व्यवहार भएकोप्रति शाखा खेद प्रकट गर्दछ ।

पत्रकार सम्मेलनमा आमन्त्रित रुपमा सहभागी पत्रकारहरुको उचित सम्मान र प्रश्न सोध्न पाउने अधिकारतर्फ सचेत र प्रतिवद्ध रहन शाखा सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछ ।

पत्रकार र मिडियाहरुसँग सम्बन्धित कुनै पनि गुनासोहरु सभ्य र मर्यादित विधि, प्रक्रियामार्फत् सम्बन्धित निकायहरुमै राख्न तथा पत्रकार, मिडियाहरुबारे सार्वजनिक रुपमा अपमानजनक टिकाटप्पणी एवम् व्यवहार नगर्न समेत शाखा आग्रह गर्दछ ।

नरेन्द्र बस्नेत
महासचिव
२८ अक्टोबर २०२१

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!