एनआरएनए यूकेको दैवी प्रकोप तथा आपतकालीन सेवा विभाग बन्यो, सहयोगको अपील

SHARE:

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि दैवी प्रकोप तथा आपतकाली सेवा तर्जुमा विभाग गठन भएको छ । कार्यकारी सदस्य बालकृष्ण दहाल प्रमुख संयोजक रहेको उक्त बिभागमा अर्का कार्यकारी सदस्य सोहन सापकोटा (सुमन शर्मा) सहसंयोजक रहेका छन् । बिभागको सदस्य सचिवको जिम्मा सन्तोष ढकाललाई दिइएको छ ।

बिभागको अन्य सहसंयोजकहरुमा साउथ–वेस्ट नेप्लिज सोसायटीका अध्यक्ष दीपक ढकाल, कोभेण्ट्री समाज यूकेका महासचिव बाबुराम भुषाल, समाजसेवी नेत्र बुर्लाकोटी र साइबर सेक्युरिटी बिज्ञ तथा समाजसेवी नेतत्र बुर्लाकोटी रहेका छन् ।

बिभागको सल्लाहकारमा पूर्व नेपाल फोरेस्टियर आनन्द भण्डारीलाई राखिएको छ ।

आर्थिक सहयोगको अपील

यसैबीच गैर–आवासीय नेपाली संघ यूकेको दैवी प्रकोप तथा आपतकालीन सेवा विभागले नेपालमा हालै आएको बाढी–पहिरोबाट पीडित परिवारहरुको सहयोगार्थ सहयोगको अपील गरेको छ । बेमौसमी अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेका पीडितहरू र मृतकका परिवारका लागि तत्काल १० लाख राहत नेपाल पठाउने एनआरएनएले घोषणा गरे बमोजिम उक्त राहत संकलन अभियान सुरु गरेको हो ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरका अनुसार अहिले बेलायतमा दैवी प्रकोप तथा आपतकालीन नीति तर्जुमा विभागका संयोजक तथा कार्यकारी सदस्य बालकृष्ण दाहाल र कोषाध्यक्ष बिष्णु खरेलको संयोजकत्वमा नेपालमा बाढीपीडितहरुका लागि राहत उद्दार कोष संकलन सुरु भएको छ ।

अध्यक्ष गाहा मगरले यस अभियानमा सहयोग गर्न बेलायतवासी सबै नेपालीहरुलाई अपील गर्दै एनआरएनए यूकेको ‘वेलफेयर अकाउण्ट ‘अहिले बेलायतमा दैवी प्रकोप तथा आपतकालीन नीति तर्जुमा विभागका संयोजक तथा कार्यकारी सदस्य बालकृष्ण दाहाल र कोषाध्यक्ष बिष्णु खरेलको संयोजकत्वमा नेपालमा बाढीपीडितहरुका लागि राहत उद्दार कोष संकलन सुरु भएको छ ।

संघले यस अभियानमा सहयोग गर्न बेलायतवासी सबै नेपालीहरुलाई अपील गर्दै एनआरएनए यूकेको ‘वेलफेयर अकाउण्ट ‘NON-RESIDENT NEPALI; Sort Code: 60-01-08; Account number: 42421888 मा जम्मा गर्न अनुरोध गरेको छ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!