चैत मसान्तमा राजीनामा दिने प्रधानन्यायाधीश राणाको प्रस्ताव न्यायाधीशहरूद्वारा अस्वीकार

SHARE:

काठमाडौं कात्तिक १५ ।

चैत मसान्तमा राजीनामा दिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको प्रस्तावलाई न्यायाधीशहरूले अस्वीकार गरेका छन् ।

प्रधानन्यायाधीश राणाले सम्मानजनक बहिर्गमन चाहेको भन्दै सहकर्मी न्यायाधीश मनोजकुमार शर्मामार्फत अन्य असन्तुष्ट न्यायाधीशहरूलाई उक्त प्रस्ताव पठाउका थिए । प्रधानन्यायाधीश राणाको प्रस्तावपछि छलफलमा जुटेका न्यायाधीशहरूले चैतमा राजीनामा दिने प्रधानन्यायाधीशको प्रस्ताव कपटपूर्ण भएको ठहर गर्दै राजीनामाको मागबाट पछि नहट्ने निर्णय गरेका हुन् ।

यसैबीच, असन्तुष्ट न्यायाधीशहरू आठ दिनपछि इजलासमा फर्किएका छन् । सोमबार उनीहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दाहरू सुनुवाइ गरे । प्रधानन्यायाधीशबाहेकको इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाई गर्ने तर उनिसहितको इजलासमा भने कुनै पनि मुद्दा सुनुवाई उनीहरूको निर्णय छ । प्रधानन्यायाधीश राणाले सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र राखेर ६ वटा इजलासमा पेशी तोकेका थिए । उनले ६ वटा इजलासमा १÷१ वटा बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइका लागि पेशी चढाएका थिए ।

तीमध्ये बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले प्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । यस्तै ३ वटा संयुक्त इजलासले रिट खारेज गरेको छ भने एउटा मुद्दा तामेलीमा राख्ने निर्णय गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!