प्रधानमंत्री देउवालाई एनसीसी विश्व भेलाको निष्कर्ष प्रेम गाहा मगरले बुझाए

SHARE:

लन्डन — गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् युकेका अध्यक्ष प्रेम गाहा मगरले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको  पहिलो विश्व भेलाको निष्कर्ष प्रधानमंत्री शेर बहादुर देउवालाई बुझाएका छन्। जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन ( COP26) मा भाग लिन बेलायत आएका प्रधानमंत्री देउवाको स्वागतमा नेपाली दूतावासमा शनिवार आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय समन्वय परिषद्हरुको तर्फबाट बैठकको निष्कर्ष प्रधानमंत्री देउवालाई बुझाएका हुन्।  बैठकको निष्कर्ष परराष्ट्र मंत्री डा. नारायण खड्का, संघका प्रमुख संरक्षक डा. शेष घले, सबै संरक्षकज्यूहरु तथा अध्यक्ष कुमार पन्तलाई पनि पठाइएको अध्यक्ष गाहा मगरले बताए।

गत आइतबार (२४ अक्टोबर २०२१) भर्चुएल माध्यमबाट सम्पन्न पहिलो विश्व भेलामा संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुका निर्वाचन भएकामध्ये ८० प्रतिशत भन्दा बढी एनसीसी अध्यक्ष तथा पदाधिकारीहरुको सक्रिय सहभागिता रहेको थियो।  पूर्व परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथि रहेको भेलामा संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचन,  संघका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, सोम सापकोटा, त्रिलोक गुरुङ, एसी शेर्पा, हरिबोल भण्डारी, केन्द्रीय उपाध्यक्षहरू सोनाम लामा तथा मन केसी, सचिव आर के शर्मा, सह कोषाध्यक्ष लोक दाहाल, महिला संयोजक भोमा लिम्बू, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अफ्रिका क्षेत्रीय संयोजक रोशन थापालगायतले सम्बोधन गरेका थिए।

भेला तयारी समितिका संयोजक तथा राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा सम्पन्न  उद्घाटन समारोह पछि  सबै सहभागी राष्ट्रिय समन्वय परिषद्हरुका अध्यक्ष तथा पदाधिकारीहरुले  बन्द सत्रमा नेपालमा हालै गएको बाढी पहिरो बाट उत्पन्न स्थिति,  संघमा हाल देखिएको समस्या तथा यसको निकास लगायतका विषयमा घनीभूत छलफल गरेका थिए। एनआरएनए युकेले नेपालमा बाढी पहिरो पीडित परिवारहरुका लागि रु दस लाख बराबरको सहयोग पठाइ सकेको छ।

प्रधानमंत्री देउवालाई बुझाइएको सात बुंदे ज्ञापन पत्र:

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!