बिसीसी युकेद्वारा ङोन्डो कोर्षको शुरुवात  

SHARE:

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बौद्ध शिक्षामा अत्यन्त महत्व राख्ने ङोन्डो (पूर्व–गत) अभ्यास शुरुवात गरेको छ । गत आइतबार ३१ अक्टोबरका दिन अल्डरसटस्थित गुम्बामा एक बिशेष कार्यक्रमको आयोजना गरी उक्त अभ्यासको थालनी गरिएको हो ।डाकीनी अर्थात् तारा देविको पूजाको दिन पारेर शुरुवात गरिएको उक्त अभ्यासमा बिसीसी युकेका लामा गुरु खेन्पो कुन्ख्यापले उक्त ङोन्डोको बारेमा जानकारी गराउँदै अभ्यास गराएका थिए ।

सेचन गुम्बा काठमाण्डौंले तयार पारेको पाठ्क्रम र निर्देशनमा संचालन हुने उक्त कोर्ष पुरा गर्नका लागि ९ बर्ष लाग्नेछ । अभ्यासको पहिलो  ३ बर्ष ङोन्डो अभ्यास, दोस्रो ३ बर्ष त्रिमूल र अन्तिम ३ बर्ष महासन्धि पाठमा केन्द्रित रहने छ । उक्त कोर्षको प्रत्येक दिन विद्यार्थी आफैले घरमा अभ्यास गर्नुपर्ने छ । र, साथै शुरुको अवस्थामा प्रत्येक हप्ता गुरुहरुले समेत आवश्यक अभ्यास गराउने छ । धर्म, संस्कार, संस्कृति, परम्परा संरक्षण तथा सम्वद्र्धन गर्दै बुद्धको दर्शनलाई विश्वभर फैलाउने र बौद्ध शिक्षालाई व्यवहारमा लागू गर्ने उद्देश्यका  स्थापना भएको बिसीसी युकेले स्थापना काल देखिनै बौद्ध धर्मसंग सम्बन्धित कक्षाहरु संचालन गर्दै आइरहेको अवस्थामा उक्त ९ बर्षे अभ्यासको शुरुवात गरेको हो ।

उक्त ङोन्डो अभ्यासका लागि गत अक्टोबरको ५ देखि ७ तारिकसम्म बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा धर्म गुरु सेनले ३ दिने ङोन्डो अभ्यास गराएका थिए भने हिज हिलोनेश राबजम रिन्पोछेले लुङ्ग (आगमा) सहित प्रवचन  दिएका थिए ।बौद्ध शिक्षाको अभ्यास संगसंगै प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्दै आएको काठमाण्डौंस्थित सेचन गुम्बाले संसारका विभिन्न देशमा ९ बर्षे कोर्ष गराउँदै आइरहेको अवस्थामा नेपाली समुदाय बेलायतमा बिसीसी युकेमार्फत पहिलोपटक अभ्यास गराउन लागिएको हो ।

उक्त ङोन्डोेको अभ्यास गर्नका लागि शुद्ध वंश र दिक्षित भैसकेका गुरुहरुबाट लुङ्ग लिनु पर्ने, शुद्ध मन, उच्च विचार र सकारात्मक सोचका साथ निरन्तर अभ्यास गर्नुपर्ने बताउँछन् बिसीसी युकेका कोषाध्यक्ष मेजर हितमान गुरुङ । उनका अनुसार सो ङोन्डो अभ्यासका लागि हाल ६० जना विद्यार्थीहरु रहेको छ । सो  अभ्यासले  ज्ञान, प्रज्ञा, अनुभव, काया, वाक्क, चित्तमा शुद्धिकरण गर्नुको साथै सम्यक दृष्टिको विकासमा समेत ठूलो भूमिका खेल्ने उनको विश्वास छ । उक्त अभ्यासको पहिलो दिन बिसीसी युकेका अध्यक्ष, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक अध्यक्ष ले. काजी शेर्पा, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, पूर्व अध्यक्ष ले. नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, सल्लाहकार एवं ट्रष्टीज मेजर खुशीमान गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, महासचिव क्याप्टेन देब घले, कोषाध्यक्ष मेजर हितमान गुरुङ लगायत कार्यसमितिका पदाधिकारी, सल्लाहकार, ट्रष्टीज, भक्तजन, गुम्बा स्टाफ, बिशेष गरी आमाहरुको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!