अफगानिस्तानमा विस्फोटमा परी १५ जनाको मृत्यु

SHARE:

एजेन्सी कात्तिक १६ ।

अफगानिस्तानको राजधानी काबुलमामा दुई शक्तिशाली विस्फोटमा परेर १५ जनाको मृत्यु भएको छ ।

दुईवटै विस्फोट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तालिबानसम्बन्धी सुरक्षा अधिकारीका अनुसार विस्फोटमा परेर अहिलेसम्म ३४ जना घाइते भइसकेका छन् ।

प्रत्यक्षदर्शीले त्यहाँ गोलीको आवाज पनि सुनेको बताएका थिए । अस्पतालका कर्मचारीले अस्पतालभित्र विस्फोटको ठूलो आवाज सुनेका थिए । तालिबान सरकारका गृह मन्त्रालयका प्रवक्ता कारी सईद खोस्ती विस्फोट भएको स्थानमा पुगेका थिए ।

उनले विस्फोटमा मानिसको मृत्यु भएको जानकारी दिँदै विस्तृत विवरण पछि सार्वजनिक गरिने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!