एनआरएनए यूकेको महिला बिभाग गठन

SHARE:


लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि महिला बिभाग गठन भएको छ । एनआरएनए यूके महिला संयोजक बिमला लिम्बुले प्रस्तुत गरेको उपसमितिलाई गत नोभेम्बर १ मा बसेको कार्यसमितिको पूर्ण बैठकले पारित गरेको हो । चालु कार्यकालको महिला बिभागको सहसंयोजकहरुमा मनीकला राई गुरुङ र आस्था जोशी छन् भने सदस्य सचिव र कोषाध्यक्षमा क्रमशः उषा चाम्लिङ राई र माया केसीलाई राखिएको छ । महिला बिभागको सदस्यहरुमा एनआरएनए यूके इङल्याण्ड राज्य परिषद सहसचिव अञ्जू कुँवर, सुमी भण्डारी, मञ्जू लिङदम र गीता रायमाझी रहेका छन् ।

एनआरएनए यूकेको महिला बिभागका संस्थापक संयोजक संगीता मरहट्ठा (२०११–१३), पूर्व संयोजकहरु बबी लामा (२०१३–१५), सुशीला राई (२०१५–१७), लिलादेवी गुरुङ (२०१७–१९) र प्रसुना कँडेल (२०१९–२१) पाँचै जनालाई सल्लाहकार राखिएको छ । एनआरएनए यूकेको महिला बिभागमा नर्दर्न आयरल्याण्ड, वेल्स र मिडल्याण्डबाट कम्तिमा एक एक जना प्रतिनिहिरु आएपछि समितिले पूर्णता पाउने संयोजक बिमला लिम्बूले बताइन् 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!